site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
भारतीय नयाँ नक्साको विषयमा परामर्श गर्न उपप्रधानमन्त्री पोखरेलले भेटे भैरव रिसाल
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारतले जारी गरेको नयाँ नक्साका विषयमा परामर्श गर्न उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले वरिष्ठ पत्रकार तथा पूर्व प्रशासक भैरव रिसाललाई भेटेका छन् । 

भारतीय नयाँ नक्समा नेपालको लिपुलेक, कालापानी र लिम्पियधुरा समावेश गरेको समयमा पनि सरकार मौन बसेको भन्दै चौतर्फी विरोध भइरहेका बेला शुक्रबार उपप्रधानमन्त्री पोखरेल रिसालाई भेट्न घट्टेकुलोस्थित उनको निवासमै पुगेका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

वरिष्ठ पत्रकार रिसालले दार्चुला जिल्लाको व्यास गाविसमा पर्ने लिपुलेकको जनगणना आफूले गरेको बताएका थिए । उक्त भूमिलाई भारतले आफ्नो नक्सामा समेटेको भन्दै रिसालले आमसञ्‍चारमाध्यममार्फत आफ्नो धारणा सार्वजनिक गरिरहेकोले यस विषयमा उपप्रधानमन्त्री पोखरेलले शुक्रबार साँझ आफूसँग परामर्श गरेको रिसालले बताए ।

रिसालले बार्‍हखरीसँग कुरा गर्दै  भने, " उपप्रधानमन्त्री ईश्वर पोखरेल साढे ५ बजेतिर घरमै आउनुभयो । उहाँले विस २०१८ को त्यहाँ गरिएको जनगणना बारे सोध्नुभयो । र, यो उमेरमा पनि यति सक्रिय भएर मुलुको राष्ट्रियताको विषयमा बोलेको धन्यवाद दिनुभयो ।" 

Global Ime bank

रिसालले शनिबार दिउँसो ४ बजे प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा उपस्थित हुनसमेत उपप्रधानमन्त्री पोखरेलले आफूलाई निम्तो गरेको बताए । 

त्यसैगरी उपप्रधानमन्त्री पोखरेलले रिसालको स्वास्थ स्थिति बुझ्दै अझ सक्रिय र दीर्घजिवनको शुभकामना दिएको उपप्रधानमन्त्रीका प्रेस संयोजक लोकेन्द्र केसीले सामाजिक सञ्‍जाल फेसबुकमार्फत जानकारी गराएका छन् । 

फेसबुकमा थप लेखिएको छ, "उहाँको लेखनबाट आफु प्रभावित भएको उपप्रधानमन्त्री पोखरेलले बताउनुभयो । २०१८ सालको जनगणनाको तथ्य र अनुभव सुन्नुभयो । तत्कालीन डडेल्धुरा जिल्लाअन्तर्गत रहेको हाल दार्चुलाको कालापानी क्षेत्रका सम्बन्धमा उहाँको विश्लेषण र ऐतिहासिक सन्दर्भहरु देशकै लागि लाभदायी रहेको उल्लेख गर्दै विशेष प्रशंसासमेत गर्नुभयो । रिसालले त्यतिबेला आफूले भारतमा नभएर नेपालमा नै जनगणना गराएको प्रष्ट पार्नुभयो ।"

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २२, २०७६  १९:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC