site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सिक्किमलाई हराएर त्रिभुवन आर्मी फाइनलमा
Sarbottam CementSarbottam Cement

बिर्तामोड । त्रिभुवन आर्मी क्लब यहाँ जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

पाहुना टोली भारतको सिक्किम आक्रमण एएफसीमाथि टाइब्रेकरबाट कठिन जित निकाल्दै आर्मीले फाइनल यात्रा गरेको हो । सिक्किमसँगको रोमाञ्चक भिडन्तपछि भएको टाइब्रेकरमा अन्तरको नतिजा निस्केको थियो । पहिलो हाफ गोलरहित खेलेको दुवै टोलीले फाइनल यात्रा प्रवेशका लागि टाइब्रेकर रोजिएको थियो ।

आर्मीले टाइब्रेकरमा ४-३ गोलले सिक्किमको चुनौती समाप्त पारेको हो । उत्कृष्ट प्रदर्शन गरेको सिक्किमले सेमिफाइनलबाटै बाहिरिएपछि समर्थक निरास बनेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

टाइब्रेकरमा सिक्किम आक्रमणका विरेन प्रधान, मनोज काच्वा र करण राईले मात्र गोल गरेका थिए भने एन्थोनी क्षेत्रीको प्रहार आर्मीका गोलरक्षक विवश चौधरीले बचाए । विकास क्षेत्रीको प्रहार भने बारमा लाग्दै फर्किएको थियो ।

आर्मीका लागि दिपक गुरुङ, विकास तामाङ, राजीव गुरुङ र विवेक बस्नेतले गोल गरे भने कप्तान टेकबहादुर बुढाथोकीको प्रहार सिक्किमका गोलरक्षक मनोज प्रधानले बचाएका थिए ।
झापाली दर्शकको समर्थन पाएको सिक्किमका खेलाडीले थुप्रै अवसर खेर फालेका थिए । त्यस्तै, आर्मीका खेलाडीको आक्रमणलाई सिक्किमका गोलरक्षक मनोज प्रधानले विफल तुल्याइदिएका थिए ।

Global Ime bank

आर्मीको तुलनामा सिक्किमका खेलाडी अधिकांश समय बल पोजिसन लिए पनि फ्रन्ट लाइनबाट फिनिसिङ कमजोर हुँदा स्कोर हुन सकेन । दोस्रो हाफपछि सिक्किमका खेलाडी आक्रमक बन्दा आर्मीका खेलाडी अतालिएका थिए ।

सिक्किमको छरितो खेलमा आर्मीको प्रदर्शन केही फिजिकल भएको थियो । जसका कारण आर्मीका ४ जना खेलाडीले पहेँलो कार्ड पाए । सिक्किमका खेलाडीतर्फ ३ वटा पहेँलो कार्ड देखाइएको थियो ।

निर्धारित समयमा आर्मीका टंक बस्नेत, टेकबहादुर बुढाथोकीलगायत गोल गर्न चुकेका थिए भने सिक्किमका लागि करण राई, गणेश लिम्बूले पनि स्कोर गर्न सकेनन् । आर्मीमा नियमित खेलाडी, भरत खवास, नवयुग श्रेष्ठ, सुमन अर्याल, जज प्रिन्स कार्कीको अभाव महसुस गरिएको थियो ।

खेलको म्यान अफ दी म्याच आर्मीका गोलरक्षक विवश चौधरी घोषित भए । उनले नगद १० हजार प्राप्त गरे । १० वटा टिम सहभागी गोल्डकपमा शनिबार नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेबीच अन्तिम सेमिफाइनल खेल हुनेछ । गोल्डकपको विजेताले नगद १२ लाख ५० हजार पाउँदा उपविजेताले नगद ६ लाख २५ हजारसहित ट्रफी पाउनेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २२, २०७६  १९:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC