site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अक्सिजन प्लाण्ट जडानका लागि काठमाडौं महानगरले सहयोग गर्ने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं महानगरपालिकाले बिरामीको उपचारको क्रममा आवश्यक पर्ने अक्सिजन आपूर्ति गर्न अक्सिजन उत्पादनका लागि अक्सिजन प्लाण्ट जडानका लागि कान्तिबाल अस्पताललाई सहयोग गर्ने भएको छ । 

आज काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र अस्पतालका निर्देशक प्राडा आर. पि.विच्छाबीच आर्थिक सहयोग गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । 
काठमाडौं क्षेत्र नम्बर पाँचका सांसद समेत रहेका उपप्रधान तथा रक्षामन्त्री र प्रदेश सांसद दिपक निरौलाको रोहवरमा सो सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा हस्ताक्षर गरेपछि मेयर शाक्यले नगरसभाबाट रु दुई करोड विनियोजन गरेको भन्दै खरिद प्रक्रिया अघि बढाउन आग्रह गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

‘नगरसभाबाट रु दुई करोड विनियोजन गरेका छौँ । तपाईँहरु आजैबाट प्रक्रिया अघि बढाउनुहोस् । हामी योजना अनुसारको पैसा दिन तयार छौँ,’ उनले भने, ‘पैसा अनुसारको योजना बनाउनुभयो भने त्यो कमसल हुने र उपयोगी नहुने हुनसक्छ । कमसल सामान खरिद गर्नुभयो भने त्यो पटक–पटक मर्मत गर्नुपर्ने र काम नलाग्ने हुनसक्छ । त्यसमा ख्याल गर्नुहोला ।’ 

मेयर शाक्यले महानगरपालिकाले पूर्वाधार र सम्पदाको क्षेत्रमा मात्र नभई मानवीय सेवाका काममा पनि उत्तिकै चासो राखेको भन्दै यो सहयोग पनि त्यसैको निरन्तरता भएको बताए । ‘महानगरपालिकाले गरेको सहयोग फिर्ता लिनका लागि होइन,’ शाक्यले भने ‘अस्पतालबाट गरिब र निमुखा जनताले सरल सेवा प्राप्त गर्ने वातावरण तपाईँहरुले बनाउनुहोला अरु सहयोग चाहियो भने पनि गर्न तयार छौँ ।’ 

Global Ime bank

निर्देशक विच्छाले अक्सिजनमा मात्रै वार्षिक करीब ६३ लाख खर्च हुने गरेको बताएपछि मेयर शाक्यले यो आर्थिक वर्ष भित्रै सम्झौता अनुसार काम सम्पन्न गरे अस्पताललाई आर्थिक भार कम हुने बताए । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २२, २०७६  २१:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC