काठमाडौं । काठमाडौंमा बसोबास गर्दै आएका महोत्तरी जिल्लाबासीहरूको संस्था महोत्तरी परिवारले परिवारका संस्थापक सदस्य एवम् सल्लाहकार प्राध्यापक गणेशराज सिंहको निधनप्रति शोक व्यक्त गरेको छ ।
सोमबार बिहान परिवारका तर्फबाट अध्यक्ष किरण थापा तथा महासचिव नारायण घिमिरेले प्राध्यापक सिंहको परिवारप्रति समवेदना व्यक्त गर्दै महोत्तरी परिवारले आफ्नो अभिभावक गुमाएको भावना व्यक्त गरे ।
महोत्तरी परिवारसँग आवद्ध प्राडा वीरेन्द्रप्रसाद मिश्र, डा. विमलकुमार शर्मा, प्राडा विजय रौनियार, शान्ता उपाध्यायको उपस्थितिमा समवेदना पत्र हस्तान्तरण गरिएको थियो ।
राष्ट्रिय पंचायत र गाउँफर्क राष्ट्रिय अभियानका सदस्य रहिसकेका प्राध्यापक गणेशराज सिंह लोकसेवा आयोगको अध्यक्ष पनि भएका थिए ।