अर्थ व्यवसाय
काठमाडौं । ग्लोबल आइएमई बैंकले सोमबार प्रदेश नं. ४ को तनहुँको बन्दीपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बन्दीपुर शाखा सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरुको संख्या १५० पुगेको छ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले १५० वटा शाखा, ३० वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, १५० एटीएम तथा १९४ शाखारहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि–सम्पर्क कार्यालय मार्पmत आफ्ना ११ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २६, २०७६ ०७:०८
प्रतिक्रिया दिनुहोस्