site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
रौतहटमा प्रहरी चौकीमा बम प्रहार, एक प्रहरी घाइते
Ghorahi CementGhorahi Cement

काठमाडौं । रौतहटको एक प्रहरी चौकीमा बम प्रहार भएको छ । इशनाथ नगरपालिकामा रहेको मठिया प्रहरी चौकीमा विष्फोट भएको हो । प्रहरीका अनुसार विष्फोटमा एक प्रहरी जवान घाइते भएका छन् । 

विष्फोटबाट प्रहरी जवान रञ्जित यादव घाइते भएका छन् । उनी सेन्ट्रीमा बसेका थिए । विष्फोटमा संलग्न भएको आरोपमा भारत बिहारको ढाकाका २५ वर्षीय चन्दन कुमार पक्राउ परेका छन् । चन्दनसहित दुईजना बीआर ०५एच ६५०९ नम्बरको मोटरसाइकलमा चढेर आएको खुलेको छ । 

Agni Group

अन्य एकजना भने फरार छन् । उनीहरुले सुतली बम प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार विष्फोटमा परी चरिरहेको एक बाख्रा पनि मरेको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट टोली परिचालन भएको छ । 

प्रतिकात्मक तस्बिर

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २६, २०७६  १४:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC