site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
कालापानीको सुरक्षामा खटिन तयार छौं
Sarbottam CementSarbottam Cement

भारतले जारी गरेको नयाँ नक्सामा दार्चुलाको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र समावेश गरिएपछि त्यसबारे गम्भीर प्रश्न उठेका छन् ।  नेपाल सरकारले राष्ट्रिय सहमति नै जनाएर भारतको नयाँ नक्साप्रति असहमति जाहेर गरिसकेको छ । जनस्तरमा विरोध छ । सीमामा सेना नै परिचालन गर्नुपर्ने माग सत्तारुढदेखि प्रतिपक्ष दलका नेताहरुले गरिरहेका छन् । 
सेना परिचालनको माग गरेपछि सीमा सुरक्षाको मुख्य जिम्मेवारी सशस्त्र प्रहरी बलले निर्वाह गर्दै आएको छ । कालापानी क्षेत्रको सीमा सुरक्षाका बारेमा सशस्त्र प्रहरीको योजना, सुरक्षा चुनौती र सम्भावित कदमबारे सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता डीआईजी सुरज श्रेष्ठसँग बाह्रखरीका केशवराज जोशीले गरेको संक्षिप्त कुराकानीः

कालापानी, लिपुलेक र लिम्पीयाधुरा यतिबेला चर्चामा छ । सीमा सुरक्षाको मु्ख्य दायित्व बोकेको सशस्त्र प्रहरी बलले यसलाई कसरी हेरिरहेको छ  ?

सशस्त्र प्रहरीको ऐन ०५८ ले नै सीमा सुरक्षाको जिम्मेवारी दिएको छ । यसमा गत वर्षसम्म विभिन्न चरणमा गर्दै सीमा सुरक्षालाई सुदृढ गर्दै जाने क्रममा हाम्रो सीमानामा ८७ वटा वीओपीहरु थिए । त्यसमा २० वीओपी थप्ने भनेका छौं । यो भारतसँग सीमा जोडिएका स्थानमा हो । हाल वीओपीहरु नेपाल–भारत सीमामा मात्रै सीमित छ । यसलाई अब हामी उत्तरी क्षेत्रमा पनि विस्तार गर्ने योजना बनाएका छौं ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसैले चीनसँग जोडिएको उत्तरी सीमामा राख्नुपर्छ भनेर आवश्यक गृहकार्य गरिरहेका छौं । यहीवर्ष उत्तरको चारवटा स्थानमा वीओपी स्थापना गर्ने लक्ष्य छ । 

कालापानीमै केन्द्रित हुने केही योजना बनाउनुभएको छ ?

Global Ime bank

दक्षिणतर्फको बोर्डर र उत्तरतर्फको बोर्डरमा छुट्टाछुट्टै खालका चुनौतीहरु छन् । दक्षिणतर्फ नेपाल–भारत खुला सीमा भएकाले यसमा जुनसुकै स्थानबाट, जुनसुकै बेला मान्छेहरु आवतजावत गर्न सक्ने अवस्था छ । यसमा सीमाको सुरक्षा, सीमावर्ती अपराध नियन्त्रणमा अधिकतम निगरानी राख्दै आएका छौं । निगरानी राख्नका लागि धेरै ठाउँमा वीओपी राख्छौं । 

अहिले हाम्रो वीओपी १७ देखि १८ किलोमिटरको दुरीमा छ । अब त्यो दुरी घटाउँदै प्रभावकारी परिचालन गर्छौँ । उत्तरी सीमाको चुनौती भनेको त्यहाँको भौगोलिक बनावट, मौसमी प्रतिकूलता हो । 

अर्को कुरा के हो भने हाम्रो टोली गएर बसिसकेपछि ‘सिजनल’ रुपमा बस्ने भन्ने हुँदैन । बाह्रै महिना २४ सै घण्टा बस्ने हो । बीचमै फर्किने भन्ने हुँदैन । यसक लागि केही थप साधन स्रोतको आवश्यकता पर्छ । त्यसको गृहकार्य पनि भइरहेको छ । जहाँसम्म दार्चुलाको कुरा छ । हामीले तिंकर क्षेत्रमा वीओपी राख्ने हाम्रो कार्ययोजनामै उल्लेख गरेका छौं । 

तपाईँले भनेजस्तै सबै साधनस्रोत भएर राज्यले कालापानी क्षेत्रमा खटाएपछि कालापानीमा जान तयार हुनुहुन्छ ? 

एकदम हामी तयार छौं । जति पनि हामीले वीओपी विस्तार गरिरहेका छौं, त्यो विद्यमान जनशक्तिलाई नै म्यानेज गरेर गरिरहेका छौं । अझ हामीलाई थप साधन स्रोत र जनशक्ति प्राप्त हुने हो भने सीमा सुरक्षा सदृढ बनाउन लाग्छौं । राज्यले सबै कुराको हल गरेर कालापानी क्षेत्रमै खटाए पनि हामी हाम्रो भूमि रक्षाका लागि खटिन तयार छौं । 

तपाईँहरुले कालापानी लिपुलेक क्षेत्रको भौगोलिक अवस्थालगायत अन्य कुराहरुको अध्ययन गर्नुभएको छ कि छैन ?

दार्चुला सदरमुकाममा अहिले हाम्रो गुल्म छ । गुल्मबाट नै सीमामा गएर सीमास्तम्भको निगरानी राख्ने, सीमा अतिक्रमणको अध्ययन र केन्द्रलाई जानकारी गराउने र सीमावर्ती क्षेत्रमा कुनै पनि प्रकारका गैरकानुनी कार्य रोक्नका लागि काम गर्दै आएका छौं । तर उच्च हिमाली क्षेत्र भएकाले निरन्तर रुपमा बसिरहने अवस्था अहिले नै त्यहाँ छैन । त्यसका लागि आवश्यक केही कामहरु गर्नुपर्छ । त्यसका लागि गृहमन्त्रालयमार्फत् समन्वय भइरहेको छ । यही वर्षभित्रै दार्चुलाको तिंकर क्षेत्रमा सुरक्षा पोष्टका लागि केही काम हुन्छ । आवश्यक निर्देशन पनि पाएका छौं । 

तपाईँहरुलाई तोकिएको जिम्मेवारी पूरा गर्न पर्याप्त जनशक्ति छ ?

हामीलाई सीमा सुरक्षालगायत महत्वपूर्ण अन्य १२ वटा जिम्मेवारी पनि छन् । तीमध्ये सीमा सुरक्षा हाम्रो पहिलो चासो र दायित्वसँगै कर्तव्य पनि हो । हामीले भनेजस्तै चाहेजस्तै सीमाक्षेत्रमा निगरानी बढाउन थप जनशक्ति चाहिन्छ नै । जिल्लामा हाम्रा गण र गुल्महरु छन् । 

उनीहरुले सीमामा मात्रै काम नगरिकन शान्ति सुरक्षालगायतका अन्य कार्यहरु पनि गर्नुपर्ने हुन्छ । यसले गर्दा सीमा क्षेत्रमा परिचालन थप प्रभावकारी बनाउन जनशक्तिको आवश्यकता हामीले महसुस गरेका छौं । गृह मन्त्रालय पनि जनशक्ति थप्ने कुरामा सकारात्मक भएकाले भविष्यमा जनशक्ति थप हुने कुरामा विश्वस्त छौं । 

सीमा सुरक्षा बल भन्ने तर सीमाभन्दा धेरै वर कार्यालय स्थापना किन ?

सीमा क्षेत्रमा गएर बस्ने भनेको वीओपी नै हो । हाम्रो सुरक्षा परिचालन कस्तो हुन्छ भने वीओपीहरुलाई व्याकअप गर्ने गुल्महरु हुन्छन् । गुल्मलाई पनि केही परे थप मद्दतका लागि बटालीयन हुन्छन् । त्यसको पछाडि बिग्रेड, हेडक्वार्टर हुन्छ । कतिपय प्रशासनिक कुरा समन्वय गर्नुपर्ने पनि हुन्छ । त्यसका लागि जिल्लामा हेडक्वार्टर हुन्छ गणको वा गुल्मको । गण र गुल्मबाटै पोष्ट परिचालन हुने हो । पोष्ट आफैँमा स्वायत्त भने हुँदैनन् । त्यसले जिल्लाको वा माथिल्लो निकायकै निर्देशनका आधारमा काम गर्ने हो ।

भारततर्फको सीमामा वीओपी बढाउने भन्नुभयो । उत्तरी क्षेत्रको सुरक्षा योजना के छ ?

उत्तरतिरका १५ वटै जिल्लाका सदरमुकाममा हाम्रो गुल्म छ । गुल्मबाट नै समय–समयमा एलआरपीको रुपमा खटिएर सीमास्तम्भको अध्ययन, वस्तुगत अवलोकन–अध्ययन गरिरहेका छौं । दार्चुलामा पनि गुल्म स्थापना भएपछि टोली गएर तिंकरलगायतका क्षेत्रको गस्ती, जानकारी लिने काम भएको छ । तिंकरमा वीओपी राख्ने स्वीकृती नै लिइसकेका छौं । 

उत्तरी क्षेत्रमा भौगोलिक विकटता छ । यसका लागि हेलिकप्टर नहुँदा कतिको चुनौती हुन्छ ?

तपाईँले भनेको कुरा एकदम ठीक हो । सुरक्षा फौज गइसकेपछि सहज हुँदा बस्ने र असहज हुँदा फर्किने कुरा आउँदैन । हामी गएर बसिसकेपछि जुनसुकै अवस्थामा पनि त्यो ठाउँ छाड्दैनौं । यसका लागि उत्तरतिरको क्षेत्र निकै कठिन छ । त्यहाँ आवश्यक पर्ने रासन, थप सामग्री, व्यापक फोर्स पाठाउनका साथै बिरामी, घाइते र प्राकृतिक विपत्तिको बेला उद्धारका लागि हेलिकोप्टर चाहिन सक्छ । हामीसँग आफ्नै हेलिकोप्टर छैन । यसका लागि सेनासँग वा अरु कुन निकायसँग कसरी सहयोग लिने भन्ने छलफल भइरहेको छ । 
 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १, २०७६  ०७:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC