site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘कालापानीका पक्षमा प्रदर्शन अस्वीकार्य हुन लागेको हो सरकार ?’
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारतीय पक्षबाट नेपाली भूमि अतिक्रमण गरेको विरोधमा सरकारले हस्तक्षेप बढाउँदै गएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आपत्ति जनाएको छ । कालापानी, लिपुलेक भारतीय नक्सामा गाभिएपछि हुँदै आएका विरोध प्रदर्शनमा धरपकड गर्दै आएको प्रहरीले आइतबार फेरि भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) माथि हस्तक्षेप गरेपछि कांग्रेसले आपत्ति जनाएको हो । 

आइतबार बिहान अमृत साइन्स कलेज (अस्कल)बाट भारतीय हस्तक्षेपविरुद्ध प्रदर्शनका लागि निस्कन लागेका नेविसंघका नेता–कार्यकर्तालाई प्रहरीले रोकेपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारसँग जवाफ माग गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

“कालापानीका पक्षमा प्रदर्शन पनि अस्वीकार्य हुन लागेको हो सरकार ? जवाफ चाहियो,” उनले मिनी माइक्रो ब्लगिङ साइट ट्विटरमार्फत जवाफ माग्दै भनेका छन्, “राष्ट्रिय झण्डासँगै नेविसंघको झण्डा फहरारँदै, कालो बेलुन उडाउँदै सडकमा निक्लदै गरेका विद्यार्थीलाई ठूलो संख्यामा बल प्रयोग गरेर अस्कल क्याम्पसको गेटमा रोक्ने प्रयत्न !”

प्रहरीले विद्यार्थीलाई क्याम्पसको गेटमा अवरोध गरे पनि उनीहरुले लैनचौरस्थित भारतीय दूतावास अगाडि पुगेर भूमि अतिक्रमणको विरोध गरेका थिए । कालो ब्यानर र कालो बेलुनसहित भारतविरुद्ध नाराबाजीसहित दूतावास अगाडि पुगेका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेका हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता हेविन्द्र बोगटीले भारतविरुद्ध प्रदर्शनमा उत्रिएका केही विद्यार्थीलाई पक्राउ गरिएको पुष्टि गरेका छन् ।  
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १, २०७६  १२:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC