site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मिर्गौला फेर्न प्रधानमन्त्रीलाई अमेरिका लगिने
Sarbottam CementSarbottam Cement

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला प्रत्यारोपणका लागि अमेरिका लगिने भएको छ । दुई महिनाअघि सिङ्गापुरमा प्लाज्माफेरिसिसको माध्यमबाट शरीरको एण्टिबडी नष्ट गरिए पनि कार्यक्षमतामा ह्रास आएपछि प्रत्यारोपण निर्विकल्प बनेको हो । प्रत्यारोपणका लागि प्रधानमन्त्रीका निजी चिकित्सक दिव्या सिंह अमेरिका पुगेर आइसकेकी छन् ।

“मिर्गौला प्रत्यारोपणका लागि अमेरिका जाने तयारी भए पनि मिति भने तय भएको छैन,” नेकपाका एक नेताले बाह्रखरीलाई जानकारी दिए । सिङ्गापुरबाट फर्किए पनि प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार देखिएको छैन ।  दुई साताअघि मिर्गौलाले राम्रो कार्य सम्पादन नगर्दा शरीर सुन्निएको थियो । फोक्सोमा समेत पानी जमेको चिकित्सकले बताएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा तीन पटक डायलासिस गरिएको थियो । प्रधानमन्त्री ओलीको स्वास्थ्य सन्तुलित राख्न नियमित डायलासिस अथवा प्रत्यारोपण विकल्प बनेको थियो । प्रधानमन्त्रीले मिर्गौला प्रत्यारोपण नै गर्ने इच्छा देखाएको बालुवाटार स्रोत बताउँछ । “प्रधानमन्त्रीले मिर्गौला प्रत्यारोपण नै गर्ने इच्छा देखाउनुभएको छ । उहाँले मेडिकल समूहसँग पनि आवश्यक परामर्श गरिसक्नुभएको छ,” स्रोतले भन्यो ।

प्रधानमन्त्री ओलीको १३ वर्षअघि सन् २००७ मा नयाँ दिल्लीको इन्द्रप्रस्थ अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

Global Ime bank

फाइल तस्बिर 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १, २०७६  १५:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC