काठमाडौं । मंसिर ११ देखि १४ गतेसम्म सिन्धुपाल्चोकस्थित पाँच पोखरीमा हुने पाँचपोखरी सुपर-८ क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ ।
पारा ओलम्पिक खेलाडी स्वः जितबहादुर खड्काको स्मृतिमा गरिँदै आएको प्रतियोगिताको नयाँ सिजनको तयारी पूरा भएको आयोजक पाँचपोखरी क्रिकेट क्लबले जानकारी दिएको छ ।
प्रतियोगितामा कुल १२ टिमको सहभागिता रहने छ । जसलाई ४ समूहमा बिभाजन गरि प्रतियोगिता सञ्चालन गरिनेछ । समूह चरणबाट शीर्ष दुई टिम क्वाटरफाइनल पुग्नेछ्न । त्यसपछि सेमिफाइनल र फाइनल खेल हुनेछ ।
प्रतियोगिताको विजेताले नगद ७५ हजार सहित ट्रफी, प्रमाणपत्र प्राप्त गर्दा उपविजेताले ३५ हजार नगद सहित ट्रफी प्रमाणपत्र पाउने छन ।
यस्तै प्रतियोगिताको एक जना उत्कृष्ट खेलाडीलाई नेक्सस क्रिकेट एकेडेमीकोतर्फबाट भारतमा प्रशिक्षणको ब्यबस्था मिलाउने छ भने अन्य ३ उत्कृष्ट खेलाडीलाई पनि काठमाडौंमा रहेको ग्रेट हिमालय क्रिकेट एकेडेमीले प्रशिक्षण गराउने भएको छ ।