site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मन्त्रिपरिषद् सकेसम्म छिटो पुनर्गठन हुन्छ: प्रधानमन्त्री  
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् सकेसम्म छिटो पुनर्गठन हुने बताएका छन् । उनले मिति नभने पनि आइतवार बसेको सचिवालय बैठकमा सकेसम्म छिटो हुने बताएका थिए । सचिवालय सदस्यहरुले पनि मन्त्रिपरिषद् पुनर्गठन गर्दा सबैलाई समेटेर जान सुझाव दिएका थिए । सचिवालय सदस्य झलनाथ खनालका अनुसार प्रधानमन्त्री ओलीलाई मन्त्रिपरिषद् पुनर्गठन गर्न सबैलाई समेट्न सुझाव दिइएको थियो ।

“प्रधानमन्त्रीले सकेसम्म छिटो पुनर्गठन गर्ने बताउनुभएको छ,” उनले बाह्रखरीसँग कुरा गर्दै भने,“हामीले सबैलाई समेटेर जानुस् भनेका छौं । भोलि नै हुन्छ भन्न सकिँदैन ।” प्रधानमन्त्री सचिवालय स्रोतका अनुसार सोमबार नै पुनर्गठनको तयारी भएको छैन । “प्रधानमन्त्रीज्यूको सोमवार काठमाडौं बाहिर पनि कार्यक्रम तय भएको छ,” स्रोतले भन्यो ।

प्रधानमन्त्रीले केही समयअघि देखि नै मन्त्रिपरिषद् पुनर्गठन गर्ने बताएको भए पनि अहिलेसम्म हुन सकेको छैन । केही मन्त्री मात्रै हेरफेर गर्ने कि सबै भन्ने बारेमा पनि पार्टीभित्र अनौपचारिक छलफल भएको छ । कतिपय सदस्यले पूरै परिवर्तन गर्न सुझाव दिएका छन् भने कतिपयले केही मात्रै मन्त्री फेर्न सुझाव दिएको स्रोतले बतायो ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १, २०७६  १९:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC