site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
एन्टिबायोटिक प्रतिरोधक संक्रमण सोचेभन्दा धेरै खतरनाक
Sarbottam CementSarbottam Cement

एजेन्सी । औषधि प्रतिरोधक ब्याक्टेरिया र फंगाइबाट हुने संक्रमणले प्रत्येक वर्ष ३५ हजार भन्दा धेरै मानिसको मृत्यु हुने गरेको सीडीसीको नयाँ रिपोर्टले उल्लेख गरेको छ । प्रत्येक वर्ष अमेरिकामा मात्र ३० लाख मानिसहरु औषधि प्रतिरोधक संक्रमणको शिकार हुने गरेका छन् । यस्तोमा यो विषय यसअघि सोचेको भन्दा धेरै गम्भीर समस्यामा परिणत भइसकेको बुधबार ‘सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन’ ले सार्वजानिक गरेको रिपोर्टमा उल्लेख गरिएको छ । यसका अनुसार अमेरिकामा प्रत्येक ११ सेकेन्डमा एक जना व्यक्तिमा सो संक्रमण देखा पर्ने गरेको छ भने हरेक १५ मिनेटमा यसैका कारण मानिसको मृत्यु हुने गरेको छ । 

ब्याक्टेरिया, फंगाइ लगायतका खतरनाक किटाणुहरुलाई निर्धारित औषधिले असर गर्न छाडेपछि सार्वजानिक स्वास्थ्य निकायहरुका लागि यो विश्वव्यापी चुनौति बनेको छ । वैज्ञानिक, चिकित्सक लगायत अनुसन्धानकर्ताहरुले दशकौँ अगाडिदेखि यस सम्बन्धी चेतावनी दिँदै आइरहेका थिए । तर पछिल्लो समय अझ धेरै सङ्ख्यामा हानिकारक किटाणुहरुले औषधिको प्रभावबाट नमर्ने  वा नष्ट नहुने किसिमले विकास भइरहेका छन् जसले संक्रमणलाई झन खतरनाक रुपले फैलाउन सक्छ भने अस्पताल भित्रका किटाणुले बाहिरी क्षेत्रमा पनि गम्भीर प्रभाव पार्न सक्नेछन् । यसका साथै गत तीन दशकदेखि कुनैपनि नयाँ स्तरका एन्टिबायोटिक विकसित भएका छैनन् । यस्तोमा पुरना दबाइले पनि काम गर्न छाडेपछि चिकित्सा क्षेत्रका लागि यो खबर ठूलो चिन्ताको विषय बनेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

स्वास्थयविद्हरुले त्यस किसिमका ‘सुपरबग’ अर्थात औषधि प्रतिरोधक किटाणुलाई फैलनबाट रोक्न सरसफाइमा विशेष ध्यान दिइ नियन्त्रण गर्न सकिने बताएका छन् । त्यसैगरी रिपोर्टमा किटाणुहरु औषधि निरोधक बन्दै जानुका साथै एन्टिबायोटिकको अत्याधिक प्रयोगले नयाँ रोगहरुको जन्म भइरहेकाबारे पनि उल्लेख गरिएको छ । यसमा एन्टिबायोटिकको धेरै प्रयोग गर्नाले पाचन प्रणालीका राम्रा ब्याक्टेरिया सबै नष्ट भइ ‘क्लोसट्रिडिओडेस डिफिसिल’ नामक रोग लाग्दछ जसले भयानक झाडापखाला गराइ मान्छेको मृत्यु पनि हुन सक्छ । 

चिकिस्तकीय क्षेत्रमा धेरै आधुनिक परिवर्तनहरु आइसकेपछि समस्या झन गम्भीर बन्दै जाँदा त्यस अनुरुप समाधानका उपायहरु निकाल्न नसकिएको माइकेल क्रेगले बताएका हुन् जो एन्टिबायोटिक प्रतिरोधक विषयमा सीडीसीका वरिष्ठ सल्लाहकार हुन् । यस्तोमा यो नयाँ रिपोर्टले एन्टिबायोटिक सम्बन्धी जोखिम र रोगलाई प्राथमिकतामा राखेर समस्याको हल निकाल्न धेरै भन्दा धेरै श्रोतसाधन विकसित गर्न ध्यानाकर्षण गराएको बताइएको छ । औषधि प्रतिरोधक किटाणुहरु मान्छेका साथै जीवजन्तु र वातावरणबाट पनि फैलन सक्छ । साथै रिपोर्टले मान्छेलाई गम्भीर रुपमा हानि पुर्याउन सक्ने १८ किटाणुबारे जानकारी पनि प्रकाशित गरेको हो । जसमध्ये पाँचवटा विरुद्ध तुरुन्तै कदम उठाइनुपर्ने बताइएको छ । यसमा पनि सबैभन्दा अन्तिमको ब्याक्टेरियालाई हालसम्मकै क्रुर ब्याक्टेरियाको नाम दिइएको छ किनकी यसलाई दुनियाँको कुनैपनि एन्टिबायोटिकले छुन सक्दैन भने यसबाट संक्रमित हुने आधा भन्दा बढी बिरामीको मृत्यु हुने गरेको छ । यो किटाणु एकपटक मानिसको रगतनलीसम्म पुगेमा त्यसले आफ्नो एन्टिबायोटिक प्रतिरोधक गुण अन्य सम्बन्धित ब्याक्टेरियामा पनि फैलाउँछ जसको कुनै उपचार गर्न सकिनेछैन । 

Global Ime bank

यी तीनबाहेक पत्ता लगाइएका थप दुई नयाँ किटाणुमा ‘कान्डिडा ओरिस’ नामक सुपरबग र अर्को ‘कार्बापेनेम–रेसिस्टेन्ट एसिनेटोब्याक्टर’ रहेका छन् जसलाई पनि कुनै एन्टिबायोटिकले नष्ट गर्न नसक्ने बताइएको छ । यसरी चिन्ताजनक रुपमा ब्याक्टेरियाहरु एन्टिबायोटिक प्रतिरोधक बन्दै जानुले कमजोर प्रतिरोघात्मक क्षमता भएका व्यक्तिलाई गम्भीर असर गर्न सक्छ भने, शल्यक्रिया, थेरापी, अंग प्रत्यारोपण , क्यान्सरको उपचार लगायतका उपचारका क्रममा संक्रमणको खतरा बढाइदिनेछन् । यसरी स्वास्थ्य क्षेत्रमा जति धेरै एन्टिबायोटिकको प्रयोग गरिन्छ तिनीहरु त्यति नै कम प्रभावकारी बन्दै जाने बताइएको छ । यस्तोमा एन्टिबायोटिकको अनावश्यक रुपमा बढी एन्टिबायोटिक्स नै यसको प्रमुख कारण भएको पनि रिपोर्टले जनाएको छ । अहिलेपनि चिकित्सकहरुले लेखिदिने एक तिहाइ एन्टिबायोटिक वास्तवमा ठीक हुनका लागि जरुरी नपर्ने थुप्रै अध्ययनले देखाएका छन् । जस्तै चिसो लाग्दा, ज्वरो आउँदा, रुघाखोकी, भाइरल लगायतका समस्या बिना एन्टिबायोटिक पनि ठीक हुन सक्छन् । हाल निमोनिया, रगत र पिशाबको संक्रमण विरुद्ध धेरै एन्टिबायोटिकले काम गर्न छाडिसके । रगतको संक्रमण अस्पतालमा हुन सक्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २, २०७६  ०६:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC