site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
भारतले कालापानीबाट आफ्ना सेना फिर्ता लैजाओस्ः प्रधानमन्त्री
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको एक इन्च पनि जमिन कसैलाई मिच्न नदिइने प्रष्ट पारेका छन् । काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघ नेपालको भेला उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले सरकार आफ्नो देशको सीमाना रक्षा गर्न सक्षम रहेको बताएका छन् । मुलुकको सीमाना रक्षा गर्ने र अतिक्रमित भूमि फिर्ता गर्ने विषयमा सबै एकजूट भएर एकताको सन्देश प्रवाह भएको पनि प्रधानमन्त्री ओलीले बताए ।

अतिक्रमित भूमि फिर्ता गर्ने विषयमा सरकारलाई जनताबाट प्राप्त बलियो समर्थनका लागि प्रधानमन्त्रीले धन्यवाद ज्ञापन गरे । “दशकौं अघि अतिक्रमित भूमिको विषयलाई लिएर अहिले भर्खरै सीमा मिचिएको जस्तो गरेर प्रचार भइरहेको छ,” प्रधानमन्त्री ओलीले भने, “यो देशभक्त सरकार कसैलाई पनि हाम्रो एक इन्च पनि जमिन मिच्न दिँदैन, छिमेकी देशले हाम्रो भूमिबाट आफ्ना सेना फिर्ता लैजाओस् ।”

Prabhu Bank
Agni Group
NIC Asia

संसारसामु शान्तिप्रिय छवि भएको नेपालले आफूले पनि कसैको एक इन्च जमिन नमिच्ने र अरुलाई पनि आफ्नो जमिन मिच्न नदिने प्रधानमन्त्री ओलीको भनाइ थियो ।  कतिपयले सरकारलाई नक्सा सच्याउन सुझाव दिएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले नक्सा सच्याउनुभन्दा भूमि फिर्ता लिने कुरा महत्वपूर्ण रहेको बताए ।
“कतिपयले नयाँ नक्सा छाप्न सुझाव दिनु भएको छ,” प्रधानमन्त्री ओलीले भने, “हामी नक्सा सच्याउनुभन्दा अगाडि अतिक्रमित भूमि फिर्ता लिन चाहन्छौं ।” 

दशकौंअघि नेपाली भूमि अतिक्रमित हुँदा मौन रहने तर अतिरिक्त देशभक्ती देखाउने नाममा उच्श्रृंखल गतिविधि गर्ने काम अनुचित रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।  प्रधानमन्त्री ओलीले संक्रमणकाल अन्त्य गरी कानुनी पूर्वाधार समेत बनाउन समय खर्च गरे पनि सरकारले विकासको नयाँ जग बसालेको बताए ।

Global Ime bank

प्रधानमन्त्री ओलीले समाजवाद र पूँजीवादका चारित्रिक विशेषताबारे जानकारी दिँदै सोचाइमा सकारात्मकता, सिर्जनात्मकता र काममा रचनात्मकता अपनाउन युवा संघका कार्यकर्तालाई निर्देशन दिए ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २, २०७६  ०५:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC