site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मंगल ग्रहमा अक्सिजनको रहस्य खोज्दै नासा
Ghorahi CementGhorahi Cement

बीबीसी । मंगल ग्रहको हावामा अक्सिनको पाइनुको रहस्यबारे नासाले निरन्तर अध्ययन गरिरहेको छ । तर दुनियाँको कुनैपनि रसायन प्रक्रियाले यसलाई व्याख्या गर्न नसक्ने भएपछि अक्सिजनको रहस्य झन गम्भीर बन्दै गएको नासाको भनाइ छ । 

नासाको ‘क्युरोसिटी’ रोभर हाल मंगल ग्रहमा विभिन्न ग्यासहरुको मापन गरिरहेको छ जसमा काम गरिरहेका वैज्ञानिकहरुले वसन्त ऋतु र गर्मीयामको समयमा मंगल ग्रहको हावामा अक्सिजनको मात्रा ३० प्रतिशतले वृद्धि भएको पत्ता लगाएका हुन् । यस्तोमा अक्सिजन बढ्नु पछाडिको केमिकल प्रक्रिया रहस्यमयी भएपनि अनुसन्धानकर्ताहरुले केही सम्भाव्यताको अनुमान लगाएका छन् । यस किसिमका परिवर्तनहरु प्राय भौगोलिक बदलावको नतिजा स्वरुप प्राकृतिक हुने गरेका छन् । तरपनि वैज्ञानिकहरुले सुक्ष्मजीवसँग जोडिएको यस किसिमको प्रक्रियाबारे कुनै स्पष्ट कारण पत्ता लगाउन नसकेको बताए । 

Agni Group

यस अनुसन्धानको नतिजा पृथ्वीको ६ वर्ष र मंगल ग्रहको तीन वर्षको पूर्ण अध्ययनबाट संकलित डाटामार्फत निकालिएको हो । यसमा वैज्ञानिकहरुले मौसम अनुसार मंगल ग्रहको पर्यावरणमा आउने बदलावहरुबारे अनुसन्धान गरेका हुन् । उनीहरुले यसबाट प्राप्त सबै जानकारी जर्नल जेजीआर–प्लानेट्समा प्रकाशित गरेका हुन् । 

मंगल ग्रहको वायुमण्डल सबैभन्दा बढी कार्बन डाइ–अक्साइड र त्यसपछि कम मात्रामा नाइट्रोजन, आर्गन, अक्सिजन र मिथेन लगायतका ग्यासहरुले बनेको छ । जसमा नाइट्रोजन र आर्गनको मात्रामा अनुमान गरे अनुरुप हावामा  कार्बन डाइ–अक्साइडको मात्रा अनुसार मौसमी बदलाव देखिएको हो  । हावाको चापमा आउने बदलावले नै कार्बनको मात्रामा परिवर्तन ल्याउने गर्दछ । यस्तोमा वैज्ञानिकहरुले अक्सिजनले पनि यही प्रक्रिया अपनाउने अनुमान गरेका थिए । तर प्रत्येक उत्तरी ध्रुवतर्फ बसन्त ऋतुमा अक्सिजनको मात्रा बढेको पाइएको हो भने फेरि शरदमा फेरि कम हुँदै गएको हो । 

Global Ime bank

यसमा पहिले त अनुसन्धानकर्ताहरुले कार्बन डाइ–अक्साइड वा पानीका अणुहरु टुक्रिएर अक्सिजन उत्सर्जन भइरहेको हुन सक्ने शंका गरेका थिए । तर त्यहाँको वातावरणमा त्यति धेरै मात्राले अक्सिजन उत्पादन गराउन मंगल ग्रहमा भएको पानी भन्दा पाँच गुणा आवश्यक रहेको बताइएको छ भने कार्बन अक्साइड एकदम सुस्त गतिमा टुक्रिने हुँदा छोटो समयमा अक्सिजन बढ्न नसक्ने बताइएको हो । सूर्यको किरणले पानी र कार्बन डाइअक्साइड टुक्राउनाले नै मंगल ग्रहमा अक्सिजन उत्पादन हुने गरेको छ तर त्यति धेरै मात्रामा एउटा निश्चित मौसममा मात्र अक्सिजनको मात्रा वृद्धि हुनु व्याख्या गर्नै नसकिने अनौठो प्रक्रिया भएको वैज्ञानिकहरुको भनाइ छ ।

त्यस्तै क्युरोसिटी रोभरको अध्ययनमा सो अक्सिजन जमिनबाट आएको हुन सक्ने अनुमान पनि लगाइएको छ तर यसको कुनै प्रमाण छैन । 

यसबारेमा युनिभर्सिटी अफ म्यारील्यान्डका डाक्टर टिमोथी मेक कोनोची भन्छन्, “मंगलको हावामा एकदम कम मात्रामा पानीको बाफ छ । तर अचानक रहस्यमयी तरिकाले पूरै ग्रहमा भएको पानी भन्दा धेरै अक्सिजन कहाँबाट आयो यसको स्पष्टिकरण कतैबाट फेला पार्न सकिएन ।” त्यस्तै फेरि केही समयपछि अक्सिजनको मात्रा घट्दै गएकाबारे पनि पूर्ण जानकारी हासिल गर्न नसकिएको बताइएको छ । यस्तोमा मेकोनोचीले अक्सिजनको श्रोत जमिनमा हुन सक्ने शंका रहेको पनि बताए । 

त्यस्तै मिथेन ग्यासको रहस्य पनि बारम्बार चर्चामा आइरहने गरेको छ । पृथ्वीमा मिथेन ग्यास जिवित प्राणीबाट उत्पादन हुने गर्दछ जसकारण मंगल ग्रहमा पनि यो फेला पर्नु र गर्मीयाममा ६० प्रतिशतले वृद्धि हुनु पछाडिका कारणबारे पनि वैज्ञानिकहरुले ठोस प्रमाण र स्पष्ट जानकारी हासिल गर्न सकेका छैनन् । त्यस्तै अक्सिजन पनि बाटेबिरुवा लगायत जिवित प्राणीले उत्सर्जन गर्न सक्छ जसले मंगल ग्रहमा जीवनको सम्भाव्यताको विषयमाथि पनि पुनः प्रकाश पारेको छ । पछिल्ला केही दशकमा वैज्ञानिकहरुले मंगल ग्रह सम्बन्धी थुप्रै जानकारी संकलन गरिसकेको भएपनि अझै धेरै रहस्यहरु फुकाउन समय लाग्ने अध्ययनकर्ताहरुको भनाइ छ ।   
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २, २०७६  ०६:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC