site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रेस लोकतन्त्रको अक्सिजन हो : पूर्वराष्ट्रपति डा यादव
Sarbottam CementSarbottam Cement

काठमाडौं । पूर्वराष्ट्रपति डा रामवरण यादवले प्रेस लोकतन्त्रको अक्सिजन भएको बताएका छन् । नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखाको नवनिर्मित भवनको प्रथम तल्लाको उद्घाटन
गर्नुहुँदै आज उनले जुन देशको प्रेस जति बलियो र स्वतन्त्र हुन्छ त्यहाँको लोकतन्त्र त्यति बलियो हुने गरेको बताए । 

उहाँले देशको समुचित विकासमा स्वतन्त्र प्रेसले निक्कै महत्वपूर्ण भूमिका खेलेको हुनाले प्रेसलाई कुनै पनि देशले सङ्कुचन गर्न नहुने र देश, समाज तथा जनताको चौतर्फी विकासका
लागि पूर्ण प्रेस स्वतन्त्रतालाई प्रोत्साहन गर्नुपर्ने धारणा राखे ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रेस सङ्कुचनमा परे लोकतन्त्र धरापमा पर्ने र लोकतन्त्र धरापमा परे जनताले दुःख पाउने तथा विकासका सारा बाटा बन्द हुने उल्लेख गर्दै उहाँले देश र जनताका भलाइ र समुचित
विकासका लागि देशमा पूर्ण स्वतन्त्रतासहितको प्रेसको विकल्प नरहेको बताए । 

नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्टले नेपालमा तीनै तहका सरकारले प्रेसलाई सङ्कुचनमा पार्न खोजेको आरोप लगाए । त्यस्तै सम्बोधनकै क्रममा प्रदेश नं २ का पत्रकार
महासङ्घका अध्यक्ष दीपेन्द्र चौहानले नेपालमा प्रेस चौथो अङ्ग भएर पनि स्वतन्त्र नरहेको तथा सधैँ आफ्नो अस्तित्वकै लागि सरकारसँग लडाइ लडिरहेको बताए । 

Global Ime bank

कूल रु ३६ लाख ५३ हजार लागतमा बनेको महासङ्घको प्रथम तल्लाको आज भएको सो उद्घाटन कार्यक्रम शाखाका अध्यक्ष कमलेश मण्डलको अध्यक्षतामा सम्पन्न भएको थियो । -
रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १, २०७६  २२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC