site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सत्य र बेपत्ता आयोगका दाबेदार ६१ जनाको नाम सार्वजनिक
Sarbottam CementSarbottam Cement

काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको नाम सिफारिस समितिले सोमबार ६१ जनाको नाम सार्वजनिक गरेको छ ।  उनीहरुको बारेमा उजुरी दिनका लागि समितिले पाँचदिने म्याद समेत दिएको छ । उनीहरुबारको प्रतिक्रिया तथा उजुरी सिफारिस समितिको कार्यालय सिंहदरबारमा बुझाउनुपर्ने जनाइएको छ ।

यसरी दुवै आयोगका लागि समिति समक्ष व्यक्तिगत रुपमा फाराम भर्नेमा मीना शर्मा, विष्णु पाठक, सलाहुद्धिन अख्तर सिद्धिकी, हरिहर पौडेल, दुर्गाबन्धु पोखरेल, देवेन्द्रप्रसाद अधिकारी, वेदप्रसाद भट्टराई, दुमनसिंह थापा क्षेत्री,रामनारायण देव, प्रचण्डराज प्रधान, रेबन्तबहादुर कुँवर, अली अकबर मिकरानी, ओमप्रकाश लामिछाने, मुकुन्दप्रसाद अधिकारी, सुनिल रञ्जन सिंह, मन दाहाल, मधुप्रसाद रेग्मी, दुर्गाबहादुर घले, ताराबहादुर न्यौपाने, केदार काफ््ले, गिरिन्द्रराज अधिकारी, डा. संग्रामसिंह लामा, आशिकराम कार्की, युवराज सुवेदी, सरिता थापा, गोपिचन्द्र भट्टराई, मोहनलाल आचार्य, झमकप्रसाद शर्मा, सीताराम घले परियार, सतिशराज मैनाली, बीरेन्द्रप्रसाद थपलिया, शोभा कार्की, कमलनारायण दास, विनोदकुमार पौडेल, मिलन श्रेष्ठ र नारायणप्रसाद धिताल रहेका छन् । त्यसैगरी, फाराम भर्नेमा विष्णुप्रसाद तिमल्सिना, शिवदत्त भण्डारी, सीताप्रसाद पोखरेल, श्रीराम अधिकारी, गोविन्द गौतम, विश्वप्रकाश भण्डारी, अरबिन्दकुमार सिंह, वसन्तप्रसाद अधिकारी, विष्णु पोखरेल, पद्मा आचार्य, महेश्वर रोका, रामजी कार्की, सुवर्णकुमार कर्माचार्य र मैयादेवी दहाल रहेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

विभिन्न संघ संस्थाबाट सिफारिस गरिएकामा माधवी भट्ट पराजुली, चूडामणी शर्मा, लक्ष्मी पोखरेल, विजुलकुमार विश्वकर्मा तथा समितिको तर्फबाट थपिएकामा श्रीकृष्ण सुवेदी, मञ्चला झा, लोकेन्द्र मल्लिक, आइबहादुर गुरुङ, नरकुमारी गुरुङ, गणेशदत्त भट्ट र डा. गंगाधर अधिकारी रहेका छन् । 

क—कस्को निश्चित ?

Global Ime bank

प्रक्रिया पुर्याउनका लागि सबै नाम सार्वजनिक गरिए पनि दुवै आयोगमा पूर्वपदाधिकारीहरुकै बाहुल्यता निश्चित रहेको सम्बद्ध स्रोतले बताएको छ । बेपत्ता आयोगमा पुरानो सेट नै दोहोरिने भएको छ भने सत्य निरुपण आयोगमा अध्यक्ष र एक सदस्य परिवर्तन हुने भएका छन् । 

जसअनुसार बेपत्ता आयोगको अध्यक्षमा लोकेन्द्र मल्लिक तथा सदस्यहरुमा बिजुलकमार विश्वकर्मा, विष्णु पाठक, आइबहादुर गुरुङ र नरकुमारी गुरुङ हुने जनाइएको छ । त्यस्तै सत्य निरुपण आयोगको अध्यक्षमा नेपाल ल क्याम्पसका सहप्राध्यापक गणेशदत्त भट्ट तथा सदस्यहरुमा माधवी भट्ट पराजुली, श्रीकृष्ण सुवेदी, मञ्चला झा र डा. गंगाधर अधिकारीको निश्चित रहेको जनाइएको छ । अध्यक्ष भट्ट र सदस्य अधिकारी भने नयाँ हुन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २, २०७६  ०७:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC