विदेश
हङकङ । प्रहरीले हङकङ विश्वविद्यालयमा घेराबन्दी गरेको छ । दर्जनौं प्रदर्शनकारीले सूर्योदयसँगै क्याम्पस छोड्न खोजेकोमा प्रहरीले अश्रुग्यास र रबरको गोली प्रहार गरेको थियो । हङकङमा हिंस्रक खालको प्रदर्शन फैलिँदै गइरहेको छ । सोमबार बिहान युनिभर्सिटीका प्रमुख प्राध्यापक जीन गुआङ्ग तेङ्गले प्रदर्शनकारीलाई सम्बोधन गर्दै एक भिडियो सन्देश सार्वजनिक गरेका थिए ।
उनले प्रदर्शनकारीले बल प्रयोग नगरेमा उनीहरु निस्केर जान सक्ने र प्रहरीसँग आफूले कुरा गर्ने जनाएका थिए । राति प्रदर्शनकारीले प्रहरीमाथि पेट्रोल बम र इँटा पनि प्रहार गरेका थिए । (बीबीसी)
प्रकाशित मिति: सोमबार, मंसिर २, २०७६ ०९:३३
प्रतिक्रिया दिनुहोस्