site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नापी भन्छ – हामीलाई नयाँ नक्सा छाप्न निर्देशन आएको छैन
Ghorahi CementGhorahi Cement

काठमाडौं । नापी विभागले देशको नयाँ नक्सा छाप्नका लागि आफूहरुलाई नभनिएको जनाएको छ । विभागका महानिर्देशक प्रकाश जोशीले बाह्रखरीसँगको कुराकानीमा आफूहरुलाई सरकारले भनेपछि मात्रै नक्सा छापिने बताउँदै कुनै निर्देशन नआएको जनाए । 

केही दिन अघि संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले सरकारलाई लिम्पियाधुरा समेटेर नयाँ नक्सा बनाउन निर्देशन दिएको थियो । उता आइतबार एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नक्सा सच्याउनुभन्दा भूमि फिर्ता लिने कुरा महत्वपूर्ण रहेको बताएका थिए । 

Agni Group

उनले कतिपयले नयाँ नक्सा छाप्न सुझाव दिएको जनाउँदै प्रधानमन्त्री ओलीले भनेका थिए, ‘‘हामी नक्सा सच्याउनुभन्दा अगाडि अतिक्रमित भूमि फिर्ता लिन चाहन्छौं ।’’

उनले सो अवसरमा नेपालमा रहेका भारतीय सेना फिर्ता लग्न पनि आग्रह गरेका थिए । नापी विभागका महानिर्देशक जोशीले बाह्रखरीसँगको कुराकानीमा भने, ‘‘कुटनीतिक संवादको कुरा सरकारको माथिल्लो तहबाट गर्ने हो । हामीलाई प्राविधिक सहयोग मागेको अवस्थामा मात्रै सो सम्बन्धी सहयोग गर्ने हो । माथि के भइरहेको छ हामीलाई थाहा हुँदैन ।’’
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २, २०७६  १०:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC