अर्थ व्यवसाय
काठमाडौं । नेपाल बैंकर्स संघले आगामी मंसीर १९ गते साधारणसभा गर्ने भएको छ । संघको अध्यक्ष, उपाध्यक्षसहित पाँज जना सदस्यको कार्यकाल सकिन लागेकाले निर्वाचन गर्ने प्रयोजनका लागि संघले साधारणसभाको मिति तोकेको हो ।
आइतबारको बैठकले अध्यक्ष सर्वसम्मत गर्ने अनौपचारिक निर्णय गरेपनि उपाध्यक्ष र सदस्यहरुमा भने निर्वाचन हुन सक्ने बताइएको छ । वर्तमान अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले चाहेमा पुनः अध्यक्ष बन्न सक्ने छन् । विगतमा जस्तै उपाध्यक्षलाई नै अध्यक्ष बनाउने सहमति भएमा हालका उपाध्यक्ष अनुकुल संघको अध्यक्ष बन्नेछन् ।
प्रकाशित मिति: सोमबार, मंसिर २, २०७६ ११:११
प्रतिक्रिया दिनुहोस्