site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
साविक विजेता पोर्चुगल युरोकपमा छनोट
Ghorahi CementGhorahi Cement

एजेन्सी । सन् २०१६ को युरोकप विजेता टोली पोर्चुगल युरो कप सन् २०२० फुटबलमा छनोट भएको छ । आइतबार भएको खेलमा लक्समबर्गलाई २–० गोल अन्तरले पराजित गर्दै पोर्चुगल युरोकपमा छनोट भएको हो ।

लक्समबर्गको घरेलु मैदानमा भएको खेलमा पोर्चुगललाई जित दिलाउन बुर्नो फर्नान्डेस र क्रिस्टियानो रोनाल्डोले एक–एक गोल गरे ।

Agni Group

खेलको ३९ औँ मिनेटमा फर्नान्डेसले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए । रोनाल्डोले खेलको ८६ औँ मिनेटमा गोल गर्दै पोर्चुगललाई २–० को जित दिलाए । रोनाल्डोको देशका लागि यो ९९ गोल हो ।

यो जितसँगै समूह ‘बी’ बाट पोर्चुगलले समूह उपविजेता बन्दै युरोकपमा छनोट भएको छ । पोर्चुगलको आठ खेलबाट १७ अंक छ । पराजित लक्समबर्गको ४ अंक छ ।

Global Ime bank

युक्रेन ८ खेमा २० अंक जोडेर शीर्ष स्थानमा रहँदै युरोकपमा छनोट भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २, २०७६  ११:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC