काठमाडौं । नेपाल आइडल सिजन–२ का विजेता रवि ओड सुदूरपश्चिमको पर्यटन दूतमा नियुक्त भएका छन् । सुदूरपश्चिम प्रदेश सरकारकी पर्यटनमन्त्री माया भट्टले रवीलाई प्रदेशको पर्यटन दूतको रुपमा नियुक्त गरेको घोषणा गरेको हो ।
सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले उनलाई पर्यटन दूतमा नियुक्त गरेको हो । ओडले पर्यटनदूत नियुतिmका बारे मौखिक घोषणा मात्रै भएको र लिखित सहमति हुन बाँकी रहेकोे बताए ।
“मैले आफ्नो क्षेत्रको पर्यटनप्रवद्र्धनको लागि पहिले नै आफनो टिमसँग मिलेर केही गर्ने प्रस्ताव राखेको थिएँ । मेरो प्रस्तावपछि उहाँहरुले पर्यटन दूतकै रुपमा जिम्मेवारी दिनु भएको हो ।”
उनले थपे, “यति कम उमेरमै मलाई त्यो पदको लायक सम्झिनु भएकोमा म निकै खुसी छु ।”