विदेश
न्यूयोर्क । माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्स दुई वर्षपछि फेरी संसारकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । उनले अमेजनका प्रमुख जेफ बेजोलाई उछिनेका हुन् ।
६४ वर्षका गेट्सको सम्पती ११० बिलियन डलर भएको ब्लुमबर्ग बिलियनर्स इन्डेक्सले जनाएको छ । ब्लुमवर्ग इन्डेक्सका अनुसार सन् २०१७ पछि गेट्स सबै भन्दा धनी व्यक्ति भएका हुन् ।
सन् २०१७ मा गेट्सलाई उछिन्दै अमेजनका मालिक जेफ बेजोस सबैभन्दा धनी बनेका थिए । तर, अहिले भने उनी दोस्रो नम्बरमा परेका छन् । उनीसँग १०९ बिलियन डलर रहेको जनाइएको छ । (सीएनएन)
प्रकाशित मिति: सोमबार, मंसिर २, २०७६ १२:२९
प्रतिक्रिया दिनुहोस्