site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘फिल्म साउथ एसिया–२०१९’सम्पन्न
Sarbottam CementSarbottam Cement

काठमाडौं । उत्कृष्ट वृत्तचित्रहरुलाई अवार्ड प्रदान गर्दै ‘फिल्म साउथ एसिया–२०१९’सम्पन्न भएको छ । नोभेम्बर १४ गतेबाट सुरु भएको ४ दिने वृत्तचित्र महोत्सव १७ नोभेम्बरमा सम्पन्न भएको हो । 

हरेक दुईवर्षको अन्तरालमा आयोजना हुने दक्षिण एसियाली देशहरुको सहभागिता रहने यो वृत्तचित्र महोत्सव यो पटक ‘ह्वेर द माइन्ड इज फ्रि’ नाराका साथ नेपालमा आयोजना गरिएको हो । 

अन्तिम दिन हिजो ७ वटा वृत्तचित्रहरु प्रदर्शन गरिएका थिए । जसमध्ये पहिलो हल ‘मजलिस’मा ६ वटा भारतीय र एउटा बंगलादेशको वृत्तचित्र प्रदर्शन गरिएको थियो । भने दोस्रो हल ‘बग्गीखाना’मा सात वटा भारतीय, एकवटा पाकिस्तान र एकवटा बंगलादेशको वृत्तचित्र प्रदर्शन गरिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

छनोटमा जम्मा ६३ वटा वृत्तचित्र परेपनि ५१ वटा मात्रै उत्कृष्ट पुरस्कारको लागि प्रतिस्पर्धामा परेको थियो । महोत्सवमा २ वर्ष अघि बनाएका वृत्तचित्रहरुले मात्रै सहभागीता जनाउन पाएका थिए ।

५१ वटा चलचित्रमध्ये ३ जनाको जुरी सदस्यहरुले उत्कृष्ट ५ वृत्तचित्रहरु छानेका थिए । जुरीमा भारतका आयशा अब्राहम, श्रिलंकाका शिवमोहन सुमती र नेपालका कुन्द दीक्षित रहेका थिए ।

Global Ime bank

बंगलादेशका निर्देशक शाहिन दिल–रियाजको वृत्तचित्र ‘ब्याम्बो स्टोरिज’ले ‘रामबहादुर’ ट्रफी शीर्षकमा दुई हजार अमेरिकी डलरसहित उत्कृष्ट वृत्तचित्रको अवार्ड पाउन सफल भए । 

त्यस्तै ‘रनर अप’ अवार्ड एक हजार अमेरिकी डलर पुरस्कारसहित भारतीय निर्देशक अमित महान्तीको वृत्तचित्र ‘स्क्रयाचेज अन स्टोन्स’ले प्राप्त गर्न सफल भएको हो । 

भने भारतीय निर्देशक सिमोन मेस्टरोनीको वृत्तचित्र ‘आफतर प्रेर्यस’ले एक हजार अमेरिकी डलरसहित ‘द तारेक मसूद बेस्ट डेब्यूट फिल्म अवार्ड’ प्राप्त गरेका छन् ।

यस्तै ‘युनिसेफ अवार्ड फर द बेस्ट फिल्म अन चिल्ड्रेन्स इसियु’ अन्तर्गत निर्देशक अबूझार अमिनीको अफगानिस्तानी वृत्तचित्र ‘काबुल, सिटी इन द माइन्ड’ले एक हजार अमेरीकी डलर प्राप्त गरेकोे हो ।

अन्तिम अवार्ड, ‘द बेस्ट स्टुडेन्ट फिल्म अवार्ड’ अन्तर्गत ५ सय अमेरिकी डलरसहित भारतीय वृत्तचित्र मेमोरिज अफ ‘साइरा एण्ड सलिम’ र नेपाली निर्देशकद्धय आशिष लिम्बू र देविन राईको वृत्तचित्र ‘द विन्टर ट्याप’ ले संयुक्त रुपमा पाएका छन् । 
तस्बिरः रुजन महर्जन

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २, २०७६  १२:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC