site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
समाजवादको उपहास

समाजवाद सामान्य अर्थमा सबैले समानताको अनुभूति गर्नसक्ने व्यवस्था हो ।  प्रख्यात राजनितीशास्त्री ब्रिटिस दार्शनिक जोन स्टुअर्ट मिल्सले भनेका छन्– “समाजवाद राज्यका हरेक स्रोत र सामग्रीमा आम जनताले अपनत्व महसुस गर्न सक्ने र राज्यले प्रवाह गर्ने सेवा सुविधामा एकरुपता हुने व्यवस्था हो ।” वास्तवमा राज्यले प्रवाह गर्ने सेवा सुबिधादेखि अवसरसम्मको बाँडफाँट समानताको सिद्धान्तमा आधारित भएर गरिएमात्र समाजवादको अभ्यास हुन सक्छ । अर्थात् कुनै ओहोदा वा अरू आधारमा सेवा सुविधाको पहुंचमा भेदभाव नहुने पद्धति नै एक्काइसौं शताब्दीको व्यावहारिक समाजवादको दृष्टान्त हो । 

समाजवादलाई राजनीतिक दृष्टिबाट भन्दा पनि अभ्यासको नजरबाट हेर्न जरुरी छ । सामान्य विषयमा पनि जनसाधारणले पनि आफूलाई विभेद गरिएको महसुस नगर्ने गरी राज्यका सबै तह र वर्गका नागरिकले समान सेवा सुविधा पाएको महसुस गर्न सक्ने व्यावहारिक प्रणाली हो समाजवाद ।  समाजवादको सक्कली अभ्यास गरिरहेका युरोपको स्केन्डिनेभियन अर्थात् नर्डिक राष्ट्र (डेनमार्क र स्विडेन) ले कसरी समानताको अभ्यास गरेका छन् र समाजवादी कहलिन रुचाउने नेपालको सरकारले कस्तो नीति अपनाएको छ भन्ने बारेमा तुलना र चर्चा गरौँ । 

डेनमार्कले समानताको उच्चतम अभ्यास गर्दै आएको छ । देशका प्रधानमन्त्री, मन्त्रीदेखि साधारण नागरिकले पाउने आधारभूत सेवा सुविधामा अलिकति पनि अन्तर भएको आभास नगराउने अभ्यास यस देशले गर्दै आएको छ । पद, पहुँच या आम्दानीको आधारमा आधारभूत सेवा सुविधाको उपाभोगमा नागरिकले कुनै भिन्नता र भेदभाव  अनुभव गर्नु पर्दैन । 

Prabhu Bank
Agni Group
NIC Asia

हामीले गर्ने गरेको समाजवाद या समानताको कुरा र यीनले जीवनमा प्रत्यक्ष हासिल गरेको समानता कहाँ नेर मिल्छ ?  डेनमार्कमा  आधारभूत तथा अत्यावश्यक सेवा सुविधामा कतिसम्म समानता देखिन्छ भने डेनिस  प्रधानमन्त्री मेटी फ्रेडिक्सनले लिने स्वास्थ्य सुविधा र डेनमार्कको कृषीमा काम गर्ने एउटा कृषक होस् या होटलमा काम गर्ने मजदुरले पाउने सुबिधामा कुनै भिन्नता हँुदैन । उच्च ओहोदामा भएकालाई नेपालमा जस्तो फरक मापदण्ड र उपचारको शैली यहाँ अवलम्बन गरिँदैन । नियमानुसार प्रक्रिया पूरा गर्ने र सेवा लिने कुरामा नेपालमा जस्तो दोहोरो मापदण्ड लागु हुँदैन । स्वास्थ्य सेवामा मात्र होइन नागरिकले पाउने अवसरमा पनि पद र पहुँचको कुनै अर्थ हुँदैन । यसको मुख्य कारण सफल राज्य निर्माण गर्न देशका हरेक तहका नागरिकको समान योगदान रहन्छ र राज्यले दिने सेवा सुबिधामा एकरुपता भएमा नै सबै नागरिकले समानता महसुस गर्न सक्छन भन्ने मान्यता आत्मसात् गर्नु नै हो ।   

देश सफल र  समृद्ध बन्न राजनीतिज्ञमात्र होइन, सफल शिक्षक, कृषक, कर्मचारी सबैको उत्तिकै योगदान हुन्छ भन्नेमा यिनीहरु विश्वास गर्छन् । राज्यका उच्च ओहोदामा रहेका व्यक्तिलाई देशले उच्च सम्मान दिन सक्छ तर राज्यको सेवा वितरणमा विभेद देखिन्छ भने त्यो समाजवादी अभ्यास हुन सक्तैन । सेवा सुविधाको पहँुचमा समानतासँगै उच्च ओहोदाका व्यक्तिको सादगीपूर्ण जीवन यापन पनि धेरैको निम्ति उदाहरणीय बन्ने गरेको छ । म आफैँले साइकलमा जाँदै गरेका मन्त्री र सार्वजनिक बसमा यात्रा गरिरहका सांसदहरु कैयौंपटक भेटेको छु । अनि सडकमा साइरन बजाएर बाटो छेक्ने मन्त्री र नेता कहिल्यै भटेको छैन ।  

Global Ime bank

स्विडेनको पनि एउटा प्रसंग जोडौँ । स्विडेनका मन्त्रीहरुले आफूले पाएको आवास गृहलाई अतिथि गृहका रुपमा प्रयोग गर्दैनन् । उनीहरुले आफना परिवारबाहेकका अरुलाई पाहुना बनाएर राख्नु परेमा शुल्क तिरेर या अन्यत्र व्यवस्थापन गर्नुपर्ने हुन्छ । सुन्दा सामान्य लागे पनि यो गहन विषय हो । यसको मूल सन्देश निजी भेटघाट, रमाइलो या खानपानको व्यवस्थापन सार्वजानिक पद धारण गरेका व्यक्तिले राज्यकोषबाट होइन निजीरुपमै व्यवस्था गर्नुपर्छ भन्ने हो । अर्को मूल सन्देश कुनै मन्त्री या विशिष्ट व्यक्तिको वैयक्तिक जीवनशैली राज्यको व्ययभार बन्नु हुँदैन भन्ने हो । 

केही लिटर पेट्रोलमा समेत र्याल चुहाउने नेपालका सांसद र पद सकिएपछि पनि राज्यको सम्पत्तिलाई निजी जसरी दुरुपयोग गर्ने मन्त्रीहरु भएको देशमा कसरी समाजवाद आउला भनेर अपेक्षा गर्ने ? समाजवादको अभ्यास त त्याग र समर्पणबाट मात्र सम्भव हुन्छ । 

डेनमार्क, स्विडेनलगायतका नर्डिक देशहरुको यस्तै संस्कार र अभ्यासका कारण यहाँका जनताले गर्व गर्न लायक समानतापूर्ण जीवनयापन गर्न पाएका छन् । समाजवादको व्यावहारिक आधार चाइनाबाट ल्याइने भनेको रेल र भारतबाट पाइपलाइनबाट भित्रिने तेलको हल्लाभन्दा यस्ता आधारभूत विषयमा जनताले महसुस गर्ने समानताबाट मात्र तयार हुन्छ ।

नेपालको जनसंख्याको ठूलो हिस्सा सामान्य उपचारको अभावमा पीडित छन् । अस्पताल नभएर, औषधि नपुगेर, आर्थिक अवस्था कमजोर भएरजस्ता विभिन्न कारणले सर्वसाधारणले सास्ती खेप्नु परेको छ । कतिले अकालमा ज्यान गुमाउनु परेको छ ।  विडम्बना यही देशका पहँंचवाला, मन्त्री या प्रधानमन्त्रीका लागि भने विश्वका सुविधा सम्पन्न अस्पतालमा राज्यकोषबाटै उपचार गराउनु सामान्य परम्पराजस्तै बनेको छ । स्वस्थ्य, शिक्षाजस्ता सेवालाई निःशुल्क बनाउने त परै छाडौँ बरु तिनको चर्को कालोबजार भएको छ । तर पनि राज्य संचालकहरु समाजवादको यात्रा भन्न छोडदैनन् । यो भद्दा मजाकबाहेक अरु के हुनसक्छ ? 

सडक जामका कारण बाटोमै मृत्यु वरण गर्ने रौतहटका मिर्गौला रोगी रुपलालले  पनि प्रधानमन्त्री केपी ओलीले जस्तै सेवा पाएका भए बल्ल समाजवादी अभ्यास हुन्थ्यो । रुपलाल नेपाली समाजका प्रतिनिधि पात्रमात्र हुन् । पैसा र पहुँच नहुने सबै नेपालीले भोगिरहेको पीडा रुपलालको परिवारको जस्तै छ ।     
 
शिक्षाको सवालमा पनि सर्वसाधरण नेपाली यस्तै विभेद र शोषणको सिकार बन्नु परेको छ ।  देशका विभिन्न मेडिकल कलेजमा चर्को शुल्क र शोषणका कारण विद्यार्थी आन्दोलित भएका छन् । आफनो रुचि र क्षमताको विषय पढ्न पनि स्वस्थ्यमा जस्तै पहुँच र पैसा नै पहिलो आधारभूत मापदण्ड बन्ने गरेका छन् । चिकित्साशास्त्रकी विद्यार्थी मान्यता थापाले साधारण विद्यार्थीको नेतृत्व गर्दै बुलन्द गरेको आवाजले पनि शिक्षामा कति बेथिति र शोषण छ भन्ने तथ्य उजागर  गरेको थियो । 

बाबुआमाको जीवनभरको कमाइ खन्याउँदासमेत क्षमता भएर पनि चिकित्सालगायतका अन्य प्राविधिक शिक्षा पढ्न नसकिने राज्यमा कसरी समाजवाद आउँछ ? चिकित्सा शिक्षा पैसा नहुनेका लागि त क्षमता भए पनि आकाशको फलजस्तै बन्ने गरेको छ । तीतो यथार्थ यो पनि हो कि शिक्षाको यस्तो कालोबजारमा समाजवादको दुहाई दिने कामरेडहरुकै ठूलो लगानी छ । अनि  शिक्षा क्षेत्रका माफिया र व्यापारीसँगको साँठगाँठ र उठबसबाट शिक्षामा समाजवाद आउला कि मार्सिवाद ? 

स्वास्थ्य र शिक्षाजस्ता आधारभूत सेवासुविधामा असमानतामात्र होइन भ्रष्टाचार र व्यभिचारको आयतन पनि फराकिलो बन्दैगएको छ । कतिपय जनप्रतिनिधि काम र व्यवहार हेर्दा जनताका प्रतिनिधिजस्ता बन्नसकेको देखिँदैन  ।  स्वदेशमा भोगेको असमानता र पीडाको अजंग पहाड देखेर विरक्तिँदै युवा वर्ग जोखिम मोलेर पनि विदेशिन विवश छन् । तर, पनि सरकार समाजवादको दिशातर्फ जाँदैछौँ भन्न लाज मान्दैन ।

जनप्रतिनिधि भएकै कारण राज्यकोषबाट सुविधा लिएर कैयौं नेता, सांसद र मन्त्रीहरु युरोप र अमेरिका घुम्ने गर्छन् । त्यस्ता यात्राबाट जनताको हितमा ती देशमा कसरी काम भइराखेको छ भन्ने बुझ्न र त्यसलाई व्यवहारमा लागु गर्न कसैले रोकेको त थिएन । कम्तीमा समृद्ध देशले जनहितमा गरेका कामको थोरै पनि नक्कल गर्नसके नेताको मात्र होइन जनताको जीवनमा पनि परिवर्तन आउन सक्थ्यो । 

समाजवाद राजतन्त्र फालेर गणतन्त्र ल्यायौँ भनेर गफ चुटेको भरमा आउने व्यवस्था होइन । यो त जनताले भोगेको यथार्थ जीवनसँग जोडिने व्यवहार हो । राजतन्त्र या गणतन्त्र समाजवादका मानकभित्र पर्दैनन् । विश्वमै उच्चतम समाजवादी अभ्यास गरिरहेका डेनमार्क, स्विडेन, नर्बेमा अहिले पनि ‘सेरोमोनियल’ राजसंस्था नै छन ।    
जनताको लागि गरिने त्याग, समपर्ण र सादगीपनबाट समाजवादको जग बस्न सक्छ । यसका लागि नर्डिक देश डेनमाकर्, स्विडेनमा देखिने जनता र शासकबीचको समानताबाट नेपालका नेताले पनि सिक्न सक्नुपर्छ । हुनत, बेलायतका पूर्व प्रधानमन्त्री सर विन्स्टन चर्चिलले कम्युनिस्टले भन्ने गरेको  समाजवादको आलोचना गर्दै कुनै बेला भनेका थिए — “ समाजवाद असफल सिद्धान्त हो, यसले जनतालाई समान दुःखमात्र बाँडने काम गर्छ ” । तर, मिल्सले भनेजस्तै बाटोमा हिडेर समाजवादको अभ्यास गर्ने कि चर्चिलले आलोचना गरेजस्तै जनतालाई पिडा बाँडी राख्ने जिम्मा भने शासककै हातमा हुन्छ ।  तर अहिलेकै गन्तव्य र गतिबाट समाजवादमा पुगिँदैन भन्ने निश्चित् छ । कमरेड ! समाजवादको  सुरु जनताका सामान्य समस्या सम्बोधनबाट नै गर्नुपर्छ । 

हालः युरोप (लिस्वन)
   


 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २, २०७६  १२:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC