site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
दाङका ६ निर्वाचन स्थल अती संबेदनशील
Sarbottam CementSarbottam Cement

दाङ । जिल्ला सुरक्षा समिति दाङले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि आवस्यक सुरक्षा रणनीति तयार पारेको छ । समितिले भुगोल, सञ्चार, दुरीका हिसाबले सुरक्षा संबेदनशिलताको बर्गिकरण गरेको हो ।

उपनिर्बाचनका लागि ६ वटा मतदानस्थललाई अती संबेदनशील क्षेत्रकारुपमा पहिचान गरिएको प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालले जानकारी दिएका छन् । 
२६ मतदान स्थललाई संबेदनशील र दुईवटा मतदान स्थललाई सामान्यको सूचिमा राखेको छ । सोही संबेदनशीलतालाई आधार बनाई सुरक्षाकर्मी परिचालन सँगै कार्य सम्पादनमा विशेष ध्यान दिइएको प्रमुख जिल्ला अधिकारी रिजालको भनाइ छ ।

Prabhu Bank
Agni Group
NIC Asia

दुई स्थानमा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले ३४ मतदान स्थल र त्यस भित्र ८२ मतदान केन्द्र तोकेको छ । मतदानस्थलको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानलाई खटाउने प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिएका छन

निर्बाचन क्षेत्र नम्बर ३ को प्रदेशसभा (२) र घोराही १६ मा गरी ३४ वटा मतदानस्थल र ८२ केन्द्र निर्धारण गरिएको छ । यसैबीच जिल्ला सुरक्षा समितिले निर्वाचन हुने क्षेत्रका मतदानस्थलको अनुगमन गर्न सुरु गरेको छ । पहिलो चरणमा तुलसीपुर र दंगीशरणका मतदानस्थलको अनुगमन गरिएको छ ।

Global Ime bank

मसिर १४ नजिकिँदै गर्दा जिल्ला सुरक्षा संयन्त्रले दाङमा निर्वाचन हुने केन्द्रहरुको स्थलगत अनुगमन र अबलोकनलाई तिब्र परेको छ । पश्चिम दाङमा रहेका अति संवेदनशील, संवेदनशील र सामान्य केन्द्रहरुमा समेत उचित सुरक्षा ब्यबस्था मिलाउन स्थलगत अनुगमन जिल्ला सुरक्षा संयन्त्र पुगेको हो ।

प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालको अगुवाइमा जिल्ला प्रहरी प्रमुख जनक भट्टराई, नेपाली शेना र सशस्त्र प्रहरीका प्रमुख सहितको सयुक्त टोली बबई, शान्ति नगर र दङ्गिशरणका झण्डै ३१ वटा मतदान केन्द्रीयहरुको स्थलगत अनुगमन गरेको गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २, २०७६  १२:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC