site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
चलचित्रको नाम राख्नै मुश्किल
Ghorahi CementGhorahi Cement

काठमाडौं । चलचित्र निर्माणको क्रम बाक्लिँदै गएको छ । यसकारण नाम जुराउन पनि गाह्रो पर्न थालेको छ । चलचित्रको नाम राख्नु पनि सिर्जनशीलता हो । सिर्जनशीलताको अभावमा नाम राख्न कठिनाइ पर्ने नै भयो । चलचित्रकर्मी कथासँगै आकर्षक नामको खोजीमा हुन्छन् । धेरै कथा र ‘जान्र’मा चलचित्र निर्माण नहुने नेपाली चलचित्र उद्योगमा यो समस्या झन् धेरै देखिएको छ । 

सिर्जनशीलताको अभाव, समान कथा र एउटै जान्रमा चलचित्र बन्ने क्रम बढेपछि नामको खोजीमा रहेका निर्देशक तथा निर्माताहरु चलचित्रको गीतबाटै नाम तान्न थालेका छन् । दर्शक तथा स्रोताले मन पराएका गीतको बोलबाट चलचित्रको नाम राख्ने क्रम पछिल्लो समय बढेको छ ।

असोजमा प्रदर्शनमा आएको अशोक शर्मा निर्देशित चलचित्र ‘रातो टीका निधारमा’ पुरानो लोकप्रिय गीतबाट लिइएको नाम हो । चलचित्र ‘अल्लारे’मा समावेश यो गीतबाट आशोक शर्माले आफ्नो चलचित्रको नाम राखेका हुन् । 

Agni Group

चलचित्र ‘मलाई माफ गरिदेऊ’ को नाम पनि निर्देशक विजय थापाले गीतबाटै साभार गरेका हुन् । नारायण गोपालको गीत ‘मलाई माफ गरिदेऊ’बाट विजयले उक्त नाम तानेका हुन् ।

हेमन्त रानाको गीत ‘साइँली’ लोकप्रिय भएपछि त्यही नामलाई सापटी लिएर रामबाबु गुरुङले चलचित्र बनाए । यो चलचित्रमा रामबाबुले गीतको नाम मात्रै सापटी लिएनन्, गीतको भिडियोमा अभिनय गरेका कलाकारलाई पनि मुख्य भूमिकामा लिए । 

Global Ime bank

चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’ पनि गीतबाटै लिइएको नाम हो । तारादेवीको स्वरमा रहेको यो गीतको नामलाई लिएर चलचित्र बनाएका थिए दिनेश डिसीले । 

चलचित्र ‘तिम्रै छोरी तरुनी हाम्लाई के को दोष’ पनि लोकप्रिय गीतबाट लिइएको नाम हो । कुमार बस्नेतको गीत ‘उनकै छोरी तरुनी हाम्लाई के को दोष’ बोलको गीतलाई सामान्य सम्पादन गरेर चलचित्रको नाम राखिएको हो । 

गीत र चलचित्र दुवै लोकप्रिय भएपछि त्यही नाम र गीतको बोललाई लिएर बनेका चलचित्र पनि थुप्रै छन् । ‘नाइँ नभन्नु ल’को सिरिज, ‘ए मेरो हजुर’को सिरिज गीतसँगै लोकप्रिय भएका चलचित्र हुन् । 

लोकप्रिय गीतको नाममा चलचित्र बनाउँदा र सोही गीत समावेश गर्दा दर्शकको ध्यान तान्न सहज हुने चलचित्रकर्मीको विश्वास रहेको छ । 

“सिर्जनशीलता छ भने मेकरले सही, सटिक र अर्थपूर्ण नाम राख्छ । सिर्जनशील व्यक्तिले धेरै शब्द खोज्दैन । रिदमिक र मेलोडीपूर्ण शब्द खोज्छ,” चलचित्र निर्देशक मनोज पण्डित भन्छन् । सिर्जनशील मेकरले लामो र पुरानो नाम नराख्ने उनको भनाइ छ । सिर्जनशीलताको अभावमा मेकरले चलचित्रको नामले समाजमा के अर्थ राख्छ, त्यसले कसरी ध्यान तान्छ भन्नेमा ध्यान दिने गरेको मनोज बताउँछन् । 

चलचित्रको नाम, शब्दको मिलन, फन्ट, आकार, रङ, शब्द विन्यास, त्यसको अर्थले सिर्जनशीलता झल्किने उनको भनाइ छ । 

जुन चलचित्र चलेको छ, त्यस्तै नाम राख्ने लहर नेपाली चलचित्र उद्योगमा चलिरहेको निर्देशक विनोद पौडेल बताउँछन् । चलचित्रको भित्री कथालाई बुझेर कथाको सार झल्किने नाम राख्ने भन्दा पनि चल्तीमा रहेको गीतको नामबाट टाइटल राख्ने चलन रहेको उनी बताउँछन् । तर त्यस्तो नामले नै दर्शकलाई हलसम्म तान्नका लागि ठूलो भूमिका नखेल्ने उनको भनाइ छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ३, २०७६  १४:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC