site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
उपनिर्वाचन : कांग्रेस ‘हेभिवेट नेता’ धरानमा, २०४८ स्मरण गरेर भोट दिन आग्रह
Sarbottam CementSarbottam Cement

विराटनगर । धरानमा उपचुनावको सरगर्मी दिनानुदिन बढ्दै छ । दलले चुनावी अभियानलाई तिव्रता दिइरहेका छन् । चुनावी सभा, र्‍याली र घरदैलो निरन्तर चलिरहेको छ । 

योबाहेक प्रमुख दलका ‘हेभिवेट नेता’ धरानमा केन्द्रित भएका छन । नगरप्रमुखका उमेदवार तिलक राईको पक्षमा मत माग्न कांग्रेसका नेता धमाधम धरान पुगेका छन् । मत माग्नेदेखि घरदैलोसम्ममा ती नेता सक्रिय देखिएका छन् । 

पार्टीले बुधबार भानुचौकमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्न कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र शशांक कोइराला धरान पुगे । सभालाई सम्बोधन गर्दै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, ‘‘धरानलाई परिवर्तन गर्नको लागि परिर्वतनको पक्षमा भोट गर्न आग्रह गर्दछु । कांग्रेसले धरानको विकासमा विगतमा गुन लगाएको छ । अहिले पनि विकासको पक्षधर हामी नै हौं ।’’ 

Prabhu Bank
Agni Group
NIC Asia

उनले मतदातालाई २०४८ तर्फ फर्किएर हेर्ने र कांग्रेसले त्यसयता धरानमा चुनाव नजितेको दृष्टान्त पेश गर्दै एक पटक जिताएर परीक्षण गर्न आग्रह गरे । 

पार्टीका केन्द्रीय महामन्त्री डा. शशांक कोइरालाले आफ्ना बुबा वीपी कोइरालाको नामबाट खुलेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफूलाई सधैँ धरानको सन्निकट रहेको 
चर्चा गर्दै भने, ‘‘त्यसबेला गिरिजाप्रसाद कोइराला र कांगे्रसकै पहलमा वीपी प्रतिष्ठान खुलेको थियो । धरान र कांग्रेस पार्टीबीच विगतदेखि नै सुमधुर सम्बन्ध छ ।’’ कोइरालाले एकपटक फेरि धरानमा कांग्रेसलाई काम गर्ने अवसर दिलाउन भए पनि आफूहरुलाई मतदान गर्न आह्वान गरे ।

Global Ime bank

सभामा सहभागी भएका केन्द्रीय सदस्य डा.शेखर कोइराला यसअघि नै कांग्रेस उमेदवार तिलक राईको घरदैलोमा सहभागी थिए । उनले धरानमा विभिन्न ठाउँमा आयोजना गरिएको घरदैलोमा राईसँगै मत मागेका छन् । 

केन्द्रीय सदस्य कोइरालाले भने, ‘‘धरानलाई परिवर्तनको संघारमा पुर्‍याउने काम विगतमा पनि कांग्रेसबाटै भएको थियो । फेरि पनि कांग्रेसबाट नै सम्भव छ ।’’

उनले धरानबासीको विकासप्रतिको चाहना कांग्रेसले मात्र पूरा गर्न सक्ने उनको दाबी थियो । कांगे्रेस केन्द्रीय सदस्य महेश आचार्य पनि धरान क्षेत्रमै मत माग्न र कांग्रेसका कार्यक्रमहरुमा उमेदवारलाई सघाउन सक्रिय छन । आचार्यले सभालाई सम्बोधन गर्दै भने,‘‘दुई तिहाईको सरकार भए पनि जनताको चाहनाअनुसार विकास अघि बढन् सकेको छैन । जताततै विकृति छ । त्यसैले अब कांग्रेसलाई अवसर दिन आवश्यक छ ।’’ आचार्यले धरानमा कांग्रेस परिवर्तनको संवाहक भएर आउने बताए ।

उमेदवार तिलक राईले आफूले जनसेवाबाट नै राजनीतिक सुरु गरेको र मजदुरका लागि काम गर्दै आएको बताए । उनले भने, ‘‘धरानबासीको वास्तविक समस्याबाट पनि म राम्रोसंग परिचित छु । त्यसैले अब नगरको विकास र जनताको सुविधा नै मेरो प्राथमिकता हुनेछ ।’’ उनले परिवर्तनका लागि एक पटक कांग्रेसलाई जिताउन आग्रह गरे ।

सुकुम्बासी बस्तीमा शेखर कोइरला 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरला तिलक राईकालागि भोट माग्दै सुकुम्बासी बस्तीमा पुगेका छन । मंसिर १४ गतेसम्म  निर्वाचनको परिणाम आफ्नो पक्षमा ल्याउन धरानबासीको घरघरमा पुगिरहेका नेपाली कांग्रेसका मेयरका प्रत्यासी तिलक राईसँग मंगलबार धरान १६ को गैरी बस्ती, नौलो बस्ती जस्ता सुकुम्बासी बस्तिमा तिलकलाई जिताउन आग्रह गर्दै कोइराला पुगेका थिए । 

धरानको बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठानको उपकुलपति रहेर काम गरेर कोइरलाले नेकपा जस्तो झुक्याउने, ठग्ने पाटीलाई हैन कांग्रेसलाई मत दिएर विजयी गराउन आग्रह गरे । चुनाव नजिकिँदै जाँदा पैसाको भरमा निर्वाचन बिथोल्न र आचारसंहिताविरुद्ध काम गर्न सक्ने भन्दै कांग्रेसका नेतालाई सचेत हुन आग्रह समेत कोइरलाले गरेका थिए । 

कांग्रेस सुकुम्बासीहरुलाई सम्पन्न भएको देख्न चाहने पार्टी भएकाले बीपीले भनेजस्तै सम्पूर्ण नेपालीलाई आपूmजस्तै बनाउने चाहना धरानमा तिलकले पूरा गर्ने उनले बताए । 

उनले धरानमा कांग्रेसको जित निश्चित रहेको तर नेकपाले पत्रपत्रिकाकाका माध्यमबाट आचारसंहिता उल्लंघन गरिरहेको छ । निर्वाचन आयोग सरकारको अंग हैन संवैधानिक अंग रहेको हेक्का राख्न आयुक्तलाई आग्रह गरे । 

उनले धरानका जनतालाइ फेरि झुक्याएर मत माग्न नेकपा नेताहरु सक्रिय रहेकाले यसपटक कुनै जालझेलमा नपरी कांग्रेसलाई मत दिन आग्रह गरे । कांग्रेसले धरानमा जितेर देशकै नमुना उपमहानगरपालिको रुप दिने उनले बताए । 

त्यस्तै मेयरका उमेदवार तिलक राईले कांग्रेस आश्वासन बाढ्ने पार्टी नभएकाले सुकुम्बासीलाई सुरक्षित बसोबास गर्न काम गर्ने बताए । नेकपाले सत्ताको दुरुपयोग गरेको उनले आरोप समेत गरेको बताए । पैसाको भरमा नेकपाले गलत प्रचार गरिरहेको उनले बताए । जनताको जनमत लिने निर्वाचन प्रणाली भएकाले यसलाई दुरुपयोग नगर नेकपालाइ आग्रह गरे ।


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ४, २०७६  १९:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC