site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
...मात्र सम्झनामा ‘शोले’को लोकेशन
Sarbottam CementSarbottam Cement

बलिउडको लोकप्रिय चलचित्र ‘शोले’ जतिले हेरे, तिनले उक्त चलचित्रको एउटा दृश्य जसमा बसन्ती (हेमा मालिनी)ले भगवान शिवसँग राम्रो पतिदेवका लागि प्रार्थना गरेकी छन्, त्यसलाई बिर्सेका छैनन् होलान् । उक्त दृश्यमा वीरु (धर्मेन्द्र)ले शिव मूर्तिको पछाडि लुकेर भगवान शिवको आवाज निकाल्दै जवाफ दिइरहेका हुन्छन् ।

त्यो दृश्य एक पटक फेरि हेर्नु जरुरी भएको छ, किनभने उक्त मन्दिरको सेट वा दृश्य जुन थियो, त्यो स्थान ‘विकास’का लागि भेटी चढ्ने भएको छ ।

खासमा राष्ट्रिय राजमार्ग २७५, जसलाई बेंगलुरु–मैसूर हाइवे भनिन्छ, त्यसका लागि बाइपास बनाइँदै छ, जुन रामनगरको नजिकै पर्दछ ।

Prabhu Bank
Agni Group
NIC Asia

कर्नाटकको त्यही रामनगर, जसको चट्टानी क्षेत्रमा बलिउड फिल्म निर्माता रमेश सिप्पीले आफ्नो ब्लक बस्टर चलचित्र शोलेको शुटिङ्ग गरेका थिए । यस चलचित्रमा कलाकारहरू संजीव कुमार, अमिताभ बच्चन, अमजद खान, जया बच्चन पनि थिए । 

कसले बिर्सन सक्छ उक्त चलचित्रका खलपात्र गब्बर सिंहलाई, जसको भूमिका निर्वाह गरेका थिए अमजद खानले । जो एक भिलेन भएर पनि हिरो जस्तै उचाईमा पुगेका थिए ।

Global Ime bank

शोलेमा सलिम जावेदको जोडीद्वारा लेखिएको रहिम चाचा (ए.के. हंगल)को त्यो लोकप्रिय सम्बाद, जुन आज पनि चलचित्र हेर्नेलाई याद होला– ‘इतना सन्नाटा क्योँ है भाइ ।’

यो सम्बादलाई पनि फेरि एक पटक सम्झनु आवश्यक भएको छ । किनकी त्यस क्षेत्रमा पनि अब सन्नाटा छाउन सक्छ । डर यो पनि छ कि त्यहाँ अब लामो प्वाँख भएका गिद्ध, हिमालयन ग्रिफिन र मिश्रका गिद्धहरु आउन बन्द हुनसक्छ ।

गुँण बनाउने मौसममा यी पक्षीहरू टाढाटाढाबाट यहाँ विद्यमान ‘रामदेवरा बेट्टा गिद्ध अभयारण्य’मा अण्डा पार्दै आएका छन् । यो एक ‘इको सेन्सेटिभ जोन’ मानिन्छ । 

कर्नाटक वल्चर ट्रस्टका शशिकुमार बीले बीबीसी हिन्दीसँग भने, ‘सामान्यतया यी पक्षी नोभेम्बर र मार्च महिनाका बीचमा यहाँ आएर आफ्नो गुँण बनाउँछन् । बितेका केही वर्षमा विभिन्न कारणले गर्दा यस क्षेत्रमा पक्षीहरू आउन कम भएको छ । यदि सडक बनाउने क्रममा यहाँ विस्फोटका काम हुन्छन् भने ति पक्षीले यहाँ आएर गुँण बनाउँदैनन् ।’

एक बन अधिकारीले पनि यसको पुष्टी गरे, यस क्षेत्रीय ‘इको सेन्सेटिभ जोन’ले बाइपास रोड बनाउन चट्टानमा गरिने बिस्फोट माथि रोक लगाएको छ ।

रेन्ज फरेस्ट अफिसर ए एल दालेश भन्छन्, ‘यहाँ कुनै पनि विस्फोट हुँदैन । ठेकेदारहरूले हाइवे निर्माणका लागि विशेष उपकरणको प्रयोग गर्दै चट्टानहरू काट्दै आएका छन । यस क्षेत्रमा विस्फोट गर्न बन्द गरिएको छ ।’

तर जहाँ सडक बनिरहेको छ, त्यसको नजिकै बोर्ड लगाइएको छ, जहाँ चेतावनी दिइएको छ ‘हुन सक्छ नजिकै विस्फोट भइरहेको होस्’ । र केही स्थानीय सामाजिक कार्यकर्ताहरूको आरोप पनि छ, यहाँ विस्फोट भइरहेको छ ।

नाम नखुलाउने शर्तमा रामनगर जिल्लाका एक पूर्व अधिकारीले भने ‘मानिसहरूमा एउटा भ्रम छ, विस्फोट कहाँ हुनसक्छ । भएको के हो भने यस वर्ष केन्द्रिय कानुनमा संसोधन गरिएको छ कि कुनै पनि सेन्सेटिभ जोनको एक किलोमिटरको वरपर विस्फोट गर्न प्रतिबन्ध लागेको छ । यस भन्दा अघि यो दूरी १० किलोमिटरको थियो ।’

अचम्मको कुरो त के छ भने सन् २००० सम्म ‘रामदेवरा बेट्टा गिद्ध अभयारण्य’को वरपरको इलाकालाई ‘इको सेन्सेटिभ जोन’ घोषणा गरिएको थिएन । त्यसबेलासम्म कर्नाटक र भारतका अन्य भागबाट कैयौँ पर्यटक त्यो तीन एकडमा फैलिएको क्षेत्रमा आउँथे, जहाँ चलचित्र शोलेको शुटिङ्ग भएको थियो ।

केही पर्यटकहरू त त्यहाँ पुगेर गब्बर सिंह जस्तै हिँड्थे र उनको मिमिक्री पनि गर्थे । 

पर्यावरण सपोर्ट ग्रुपका ट्रस्टी सिंह सलदान्हा बताउँछन्, “रामदेवरा बेट्टा गिद्ध अभयारण्यलाई सन २००० मा सुरक्षित क्षेत्रका रुपमा घोषित गरियो । बेंगलुरुबाट मैसूर जाँदा अडीकुडी हाइवेको बायाँ तिर र रामदेवरा बेट्टा दायाँ तिर पर्दछ । तर यो वर्षको प्रारम्भमै केन्द्रीय पर्यावरण मन्त्रालयले १० किलोमिटरको क्षेत्र तोकिएको नियमलाई एक किलोमिटर गरिदिएको छ । यस उप्रान्त लुप्तप्राय वन्यजन्तु प्रजातिहरूका लागि खतरा पैदा भएको छ ।”

सुन्दा अचम्म लाग्न सक्छ वन विभागले रामगढमा थीम पार्क बनाउन रोक लगाएको थियो । चलचित्र शोलेमा रामनगरको नाम रामगढ भनिएको छ ।
पहिचान नखोल्ने शर्तमा एक पूर्व जिल्ला अधिकारी बताउँछन्, “यो अभयारण्यको नजिकै बन्नु हुन्थेन । यो १० किलोमिटर टाढा बन्नु पर्दथ्यो । हामी चाहन्थ्यौं कि यहाँ आउने पर्यटकहरूलाई शोलेका केही लोकप्रिय दृश्यहरूको थ्री डी प्रेजेन्टेशन देखाएर मात्रै अभयारण्यमा लैजानु पर्दथ्यो ।”

वन्यजन्तु इलाकाको सुरक्षाको संघर्ष, शोले चलचित्रको सम्झना र गिद्धको कुराले के तपाईंलाई ठाकुर बलदेव सिंह र उनका सहयोगीहरू, वीरु र जयको गब्बर सिंहसँगको लडाइँको सम्झना दिलाउँदैन ?
रामनगरको सबैभन्दा रमाइलो पक्ष के हो भने यो चलचित्रको शुटिङ्ग भएको ४४ वर्ष पछि पनि यो हाइवे भएर यात्रा गर्नेहरूको सम्झनामा यो समावेस छ । ‘शोले’ र चलचित्र प्रेमीहरूका बीच यो सम्बन्धलाई भन्न सकिन्छ, ‘ए दोस्ती हम नही तोडेङगे... ।’

(इमरान कुरैशी/बीबीसी) 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ५, २०७६  १४:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC