काठमाडौं । मंसिर १५ गतेदेखि हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताका लागि आजबाट ओलम्पिक टर्च र्याली सुरू भएको छ ।
राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिब रमेश कुमार सिलवालले ओलम्पीयन जित बहादुर केसीलाई टर्च प्रदान गर्दै रयाली सुरु भएको हो ।
स्वयम्भूबाट सुरू टर्च र्यालीको नेतृत्व गर्दै पूर्व ओलम्पियनको टोली शुक्रबार प्रदेश नम्बर १ मा प्रस्थान गरेको छ । त्यसपछि अन्य प्रदेशमा र्याली गरी टोली काठमाडौं आइपुग्नेछ ।
टर्च र्यालीको जिम्मेवारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ पाएको छ । संघका अनुसार शुक्रबार विराटनगर पुग्ने टोली १५ गते उद्घाटनस्थल दशरथ रंगशाला पुग्ने छ ।
धनुषा हुँदै तेस्रो दिन हेटौंडाबाट चितवन, चौथो दिन लुम्बिनी हुँदै बुटवल, पाँचौं दिन सुर्खेत र्पुयाएर नेपालगञ्ज लग्ने तयारी भएको संघका अध्यक्ष दिपक श्रेष्ठले जानकारी दिए ।
छैटौं दिन धनगढी हुँदै पोखरा पुर्याएर आठौं दिन पोखराबाट काठमाडौंस्थित दशरथ रंगशालामा ल्याइने छ ।