site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
नेपाली महिलाले दिलाएको आत्मसम्मान
Sarbottam CementSarbottam Cement

गएको साता नेपालीको भावनात्मक एकताको लागि निकै महत्त्वपूर्ण रह्यो । नेपालीले संभवतः पहिलोपल्ट नेपालका महिलाबाट एकमुष्टरुपमा यति ठूलो आत्मसम्मान प्राप्त गरे र नेपाली महिलाको उपलब्धिबाट देशमा एक अभूतपूर्व राष्ट्रिय एकताको वातावरण बन्यो । नेपाली महिलाले दक्षिण एसियाली खेलकुदमा देखाएको प्रदर्शनले नेपाल यस क्षेत्रको बलियो ‘खेल राष्ट्र’को रुपमा पनि गनिन पुगेको छ । 

सन् १९८४ मा काठमाडौंबाट सुरु भएको दक्षिण एसियाली खेलकुद सन् १९९९ मा नेपाल फक्र्यो र अहिले एकैपल्ट २० वर्षपछि फेरि नेपालले सन् २०१९ मा यो खेलको आयोजना गरेको छ । यस खेलको उद्घाटन १५ मंसिरमा नेपालकी राष्ट्रपति विद्या भण्डारीले गरिन् । काठमाडौंको दशरथ रङ्गशालामा उद्घाटन भएको यो खेल काठमाडौं, पोखरा तथा जनकपुरमा खेलियो । यस खेलमा जम्मा २६ विभिन्न स्पर्धा रहेको र तिनमा ३१७ स्वर्ण र त्यतिनै रजत पदकका लागि प्रतिस्पर्धा हुनेमा शनिवारसम्म २१६ स्वर्णको निर्णय आइसकेको र अन्तिम तीन दिनमा अझै १०१ स्वर्णको निर्णय हुन बाँकी छ । अहिलेसम्म ४५ स्वर्ण पदक जितेर हालसम्म नेपालले कुनै पनि साग खेलमा जितेको स्वर्णको रेकर्ड पनि तोडेको छ । अहिलेसम्मको नतिजाले नेपाल सन् २०१९ को साग खेलको पदक तालिकामा दोस्रो हुने निश्चितजस्तै देखिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

नेपालकी महिला राष्ट्रपतिबाट उद्घाटन भएको यो खेलमा नेपाली महिलाको प्रदर्शनले नेपालीको शिर उँचा बनाएको छ भने सम्पूर्ण नेपालीलाई राष्ट्रिय एकताको भावनामा एकजुट पनि बनाएको छ । मंसिर १६ गते भएको कराँते र तेक्वान्दो प्रतियोगितामा नेपाल सात सात स्वर्ण र ट्रायथोलनमा एकगरी प्रथम दिनमै १५ स्वर्ण पदक जित्न सफल भयो । पहिलो दिन मण्डेकाजी श्रेष्ठले दुई स्वर्ण जिते भने आयसा शाक्यले पनि दुई वटै स्वर्ण ल्याइन् । पहिलो दिन भित्रिएका १५ स्वर्णमा आठ स्वर्ण महिला खेलाडीको नाममा आयो, पुरुषले सात ल्याए । सबैजसो दैनिक पत्रिकाले मण्डेकाजी र आयसाको तस्बिरलाई महत्त्वका साथ प्रकाशित गरे ।

मंगलवारको पत्रिकाका मुख्य रोजाइमा परिन् सन्तोषी श्रेष्ठ । सबैजसो पत्रिकाले सन्तोषीले १० हजार मिटरको दौड ३५ मिनेट ०७.९४ सेकेण्डमा पूरा गर्दै एक मिलिसेकेन्डले भारतकी कविता यादवलाई पछि पारिन् । सो दिनका पत्रिकामध्ये  कान्तिपुरले सन्तोषीले जित्दै गरेको क्षण कैद गरेको तस्बिरलाई मुख पृष्ठमा प्रकाशित गर्दै उत्कृष्ट ‘ले आउट’ बनायो । अन्नपूर्ण पोस्टले पनि सन्तोषीको तस्बिरलाई नै महत्त्वका साथ प्रकाशित गर्‍यो । नयाँ पत्रिकाबाहेक यो उपलब्धिलाई सबै समीक्षित दैनिकले प्रथम पृष्ठमा महत्त्वका साथ स्थान दिए । बिहीवार नेपालले आफ्नो स्वर्णको संख्यामा आठ स्वर्ण थपेर कुल २३ स्वर्ण बनायो र तालिकामा सो दिन पनि अग्रस्थानमा नै रहन सफल भयो । 

Global Ime bank

बिहीबारका दैनिक पत्रिकामा सागको कभरेज अलि कम देखियो । तर पनि नेपालले २९ स्वर्ण ल्याएको समाचारलाई गोरखापत्रले सात कोलमको मुख्य समाचार बनायो भने अन्नपूर्ण पोस्टले सबै सागमा गरी नेपालले कुल १०० स्वर्ण कटाएको समाचारलाई महत्त्व दियो । शुक्रवार पौडी सुन्दरी गौरिका सिंहले पौडीको व्यक्तिगत स्पर्धामा नेपालका लागि पहिलोपल्ट स्वर्ण दिलाइन् । उनको सो पदक २०० मिटर पौडीको फ्रि–स्टाइलमा आएको थियो । कान्तिपुर, नागरिक, अन्नपूर्ण पोस्ट, गोरखापत्र, राजधानी सबैले गौरिकाको तस्बिरलाई मुख पृष्ठमा महत्वका साथ प्रकाशित गरे । 

महिला खेलाडीले नेपालको नाम राखेको विषयलाई शनिबारका अन्नपूर्ण पोस्ट तथा नयाँ पत्रिकाले उद्घोष गरे । अन्नपूर्ण पोस्टले नेपालको नाम चम्काउन सफल कीर्तिमानधारी नौ महिलाको तस्बिरसहित स्वर्ण पदक समातेको हात राखेर निकै उत्कृष्ट ले आउट बनायो । सो दैनिकले कुन कुन स्पर्धामा महिलाले कति स्वर्ण प्राप्त गरे तथा पुरुषले कति ल्याए भन्ने सूची पनि बनायो । जसअनुसार शुक्रवारसम्म भएको खेलमा नेपालले कुल ४१ स्वर्ण ल्याएको छ ।
अन्नपूर्ण पोस्टले शीर्षक बनायो ‘चेलीले चम्काएको साग’ । त्यस्तै नयाँ पत्रिकाले पनि ‘स्वर्णमा पुरुषभन्दा महिला अगाडि’ शीर्षकमा ब्यानर समाचार प्रकाशित गर्‍यो । नयाँ पत्रिकाले आयषा शाक्यको तस्विरलाई मुख्य बनाउँदै गौरिका सिंह, सञ्जु चौधरी, सन्तोषी श्रेष्ठ, सुनीता श्रेष्ठको तस्विर प्रकाशित गर्‍यो । त्यस्तै मन्डेकाजी श्रेष्ठ तथा सुवास तामाङको तस्बिर पनि प्रकाशित गर्‍यो । 
शनिबार नेपालका लागि म्याराथुनमा स्वर्ण जितेका किरणसिंह बोगटीको तस्बिरले आइतवारका पत्रिका रंगिए । बोगटीले दुई घण्टा २१ मिनेट १७ सेकेण्डमा दुरी पुरा गर्दै नेपाललाई स्वर्ण दिलाए । सबैजसो दैनिकले बोगटीको विजयलाई उनको तस्बिरसहित सम्मान दिए । शनिवारसम्ममा नेपालले कुल ४३ स्वर्ण जितेर पदक तालिकामा आफूलाई दोस्रो स्थानमा उभ्याउन सफल भएको छ । भारतले पहिलो स्थानमा रहेर ११० स्वर्ण जितेको छ भने श्रीलंका ले ३०, पाकिस्तानले २३, बंगलादेशले सात तथा मालदिभ्सले एक स्वर्ण जितेका छन् । हालसम्म भुटानले भने ६ कांस्य पदकमात्र प्राप्त गरेको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २२, २०७६  १०:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC