site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं महानगरपालिकाका विभिन्न कार्यालयहरू अहिले विभिन्न ठाउँमा छरिएका छन् । विसं २०७२ को भूकम्पबाट महानगरपालिकाको कार्यालय रहिआएको वागदरबार क्षतिग्रस्त भएपछि यसरी कार्यालयहरू छरिन पुगेका हुन् । महानगरपालिकाका विभिन्न शाखा बेग्लाबेग्लै स्थानमा भएकाले भन्दा पनि बढी सास्ती भने ‘तोक आदेश’को अभ्यासबाट हुनेगरेको छ । सेवाग्राहीहरू तोक लगाउन महानगरपालिका प्रमुखको कार्यकक्ष रहेको भवनमा पुग्नुपर्ने र त्यसपछि कामका लागि सम्बन्धित शाखा खोज्दै विभिन्न ठाउँमा भौँतारिनुपर्दा बढी अप्ठेरो भएको हो । तर, वागदरबार जीर्णोद्धार गर्ने कि नयाँ बनाउने भन्ने विषयमा भएको किचलोले महानगरपालिकाको कार्यालय भवन बनाउन सुरु पनि भएको छैन । यसैले महानगरपालिका प्रशासनको कार्यशैलीमा सुधार नभए केही वर्ष अझै जनताले सास्ती पाइनै रहनेछन् ।

नेपालका सरकारी कार्यालयमा अचम्मको प्रशासनिक अभ्यास हुन्छ । प्रहरीले पीडितबाट जाहेरी लिन मान्दैन । धेरै कार्यालयमा तोक नलगाई निवेदन दर्तासमेत हुँदैन । हुलाकबाट आएको जाहेरी दर्ता हुन्छ तर सम्बन्धित व्यक्ति आफैँ उपस्थित हुँदा दर्ता गर्नका लागि सम्बन्धित कार्यालयका हाकिमको तोक लाग्नुपर्छ । करदाताले बैंक करको रकम दाखिला गर्नसमेत तोक आदेश चाहिन्छ । सम्भवतः कुनै कानुन वा नियममा तोक नलागी निवेदन दर्ता नगर्नु भन्ने उल्लेख भएको छैन । तर, राणा कालदेखि चलेको तोकआदेशको चलन अहिलेसम्म पनि कायमै छ । यसले सेवाग्राही जनतालाई अनावश्यकरूपमा बढी सताएको छ । सामन्ती शासन व्यवस्थामा सेवाग्राहीलाई राज्यप्रति अनुगृहीत बनाउन तोक आदेशको प्रथा थालिएको हुनुपर्छ । 

यथार्थमा कार्यालय प्रमुखले कानुनबमोजिम गरिदिनु पर्ने काम गर्दा पनि नागरिक अनुगृहीत बनोस् भन्ने मनसायले थालिएको यस्तो अनावश्यक प्रशासनिक झन्झट कायम राखिरहनु उचित हुँदैन । लोकतन्त्रमा राज्यबाट सेवा पाउने नागरिकको अधिकार हो । यसबापत सेवाग्राही नागरिक कुनै व्यक्तिप्रति अनुगृहीत भइरहनु पर्दैन । केही वर्ष पहिलेसम्म सक्कल प्रमाणपत्रहरू हुँदाहुँदै पनि सरकारी अधिकृतले प्रमाणित गरेको नक्कल पेस नगरे काम नलाग्ने चलन थियो । यसले सेवाग्राहीलाई धेरै अप्ठेरो पर्ने गर्थ्यो । त्यसो अभ्यास हटाउँदा प्रशासनमा कुनै फरक परेन । सेवाग्राहीलाई भने धेरै सुविधा भयो । कसैका सामु निरीहता प्रदर्शन गर्नु परेन । यस्तै महानगरपालिकाका शाखाहरूले गर्ने सामान्य कामका लागि प्रमुखको तोक लगाउनै पर्ने नभए सेवाग्राही सोझै सम्बन्धित कार्यालयमा गएर सजिलै सेवा लिन पाउँछन् । अरू कार्यालयमा तोक लगाउने अभ्यास खारेज गरे सेवाग्राहीले एउटा अनावश्यक झन्झटबाट मुक्ति पाउँथे । यसै पनि अब तोक लगाउने हाकिमप्रति नागरिक अनुगृहीत हुँदैन बरु अनावश्यक झन्झट थपेकोमा आक्रोशित हुनसक्छ । यसैले सामान्य लाग्ने तर जनतालाई बढी सताउने तोक लगाउनेजस्तो चलन हटाएर प्रशासनिक शैलीमा सुधार गर्नु उचित र आवश्यक देखिन्छ । के काठमाडौं महानगरपालिकाका प्रमुखले सुधारको थालनी गर्लान् ? 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २२, २०७६  ११:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC