site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सुध्रिएन सरकारको शैली 
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

सरकारको मुख्य कार्य देशमा शान्ति सुरक्षा र अमन चयन कायम राख्ने र नागरिकहरूको हक अधिकार रक्षा गर्नु हो । अहिले नेकपा कम्युनिष्टको वलियो सरकार छ । तर देशमा शान्ति सुरक्षा, जनताको जिउधनको रक्षा गर्न सकिरहेको छैन । दिनहुँ श्रृङ्खलावद्ध रुपमा जनताका छोराछोरी माथि लाठि चार्ज, गोली, हत्या हिंसाका घटनाहरू घटी रहेका छन् । तर सरकार घटनामा संलग्न दोषीलाई कार्वाही गरेर जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति दिन सकिरहेको छैन । सरकार फेरियो तर जनताको वा“च्न पाउने मानव अधिकार, विरोध गर्न पाउने अधिकार र स्वतन्त्र रुपले हिडडुल गर्न पाउने अधिकार सुरक्षित हुन सकेन । संसदीय लोकतन्त्रीक व्यवस्थामा जनताले आङ्खनो सुरक्षा र न्यायको लागि सरकारको ध्यानाकर्षण गराउदा शान्ति सुरक्षाका जिम्मा लिएका प्रहरीले उल्टै वातावरणलाई उत्तेजिज तुल्याउदै घटनालाई भयाभयक रुपमा पु¥याएको ज्वोलन्त उदाहरण वा“केको कोहलपुरमा यही मंसिर २२ गते त्रिभूवन नमुना मा.वि. ७ कक्षामा अध्ययनरत प्रकृति चन्द ११ वर्षिय छात्रा स्कुल जादै गर्दा ट्रकले प्रकृति चन्दलाई घिसार्दै पर पुर्‍याइदियो । यस्तो दुःखदायी र पिडादायी घटनालाई देख्ने प्रत्यक्षदशी स्तव्द थिए । उनको दुवै खुट्टा भाचिन पुग्यो र सडक रगतले लतपतिन पुग्यो । यस्तो घटना देखेपछि उनका सहपाठी विद्यार्थीहरूले ट्रक रोकेर घेरा हाले तर पिडितलाई न्याय दिनुको साटो प्रहरीले अन्धाधुन्द आन्दोलित विद्यार्थीहरूमाथि लाठि चार्ज र गोली प्रहार गर्‍यो । जसको कारण विद्यार्थीहरू पुनः आक्रोसित र आन्दोलित हुनु पुगे र विद्यार्थीले ड्राइभरलाई नियन्त्रणमा लिए । तर विडम्वना आक्रोशित विद्यार्थीलाई सम्झाई वुझाई संयमित पार्नुको साटो सादा पोषाकमा आएका प्रहरीले विद्यार्थी माथि नै कुटपिट गरे । अझ यसमा डि.एस.पि. होम वहादुर शाहीले घटना स्थलमै गएर विद्यार्थीको घाटी समाते पछि प्रदर्शन अभैm भयावहक वन्दै गयो र झपटको स्थिति सृजना हुनु पुग्यो । प्रहरीले भिड नियन्त्रण गर्ने नाउमा सयौं रवरका गोली र अश्रुज्ञ्यास प्रहार ग¥यो र त्यसक्षेत्रलाई तनावग्रस्त रुपमा रुपान्त्रण गर्न पुग्यो किन ? थुप्रै विद्यार्थीहरू प्रहरीको गोलीबाट घाइते भएका छन् । यसरी कलम चलाउने कलिला हातमाथि गोली र लाठी चलाउन वर्षा गर्नाले सरकार र सुरक्षा निकाय नेपाली जनता र कलिला विद्यार्थी प्रति जिम्मेवार जवाफदेही छैन भन्ने कुराको पुष्टि भएको छ ।   

यसरी शान्ति सुरक्षाको र जनताको जिउधनको सुरक्षाको जिम्मा लिएको प्रहरीले सयौं राउण्ड गोली चलाएर विद्यार्थीलाई घाइते वनाए किन ? यो कुरा जनताले सरकारलाई प्रश्न गरिरहेका छन् तर सरकारको शैली र रवैया सुध्रिएको छैन । प्रहरीले सजकता अपनाउनु पर्ने थियो त्यो किन हुन सकेन ? प्रहरीले दमनको बाटो किन रोज्यो ? दमन समस्याको समाधान होइन । स्कुलमै गएर दुई विद्यार्थी एक शिक्षकलाई पक्राउ गर्नु के जायज थियो ? यस्ता घटनाले झन विद्यार्थीलाई आक्रोशित र उत्तेजित वनाउन मलजल गर्‍यो र घटनाले ठूलो रुप लिन  पुग्यो । विद्यार्थी तोडफोडमा उत्रिन वाध्य भए र साथै करिव ३८ जना विद्यार्थी घाइते र अन्य सर्वसाधारण पनि घाइते हुन पुगे र अन्य केही प्रहरी पनि घाइते भए । 

उक्त घटनाले गर्दा आज प्रकृतिले दुवै खुट्टा गुमाइन र अचेत अवस्थामा छिन भने घाइते विद्यार्थीहरूमा पनि प्रहरीको सवैको  सुरक्षा गर्छ भन्ने भ्रम टुटन गएको छ । कलिला विद्यार्थीहरूले शान्तिपूर्ण रुपमा न्यायको लागि गरेको आन्दोलन माथि प्रहरीको निर्मम दमन तथा आक्रमण निन्दनीय र भत्र्सनिय छ । त्यसैले यस घटनाका दोषीलाई तत्काल कार्वाहीको प्रक्रीयको थालनी सरकारले गर्नु पर्दछ र घाइतेहरू सम्पूर्ण उपचारको व्यवस्था पनि गरिनु पर्दछ । यस्ता खालका घटना फेरी नदोहिरिने प्रतिवद्धता गृहमन्त्रीबाट आउनु जरुरी छ किनभने सरकारको दमनकारी शैली सुध्रीनु जरुरी छ । लोकतन्त्रमा जनताले आङ्खनो वाच्न पाउने अधिकार, न्याय पाउने अधिकारको लागि विरोध प्रदर्शन गर्छन तर सरकार उनको अधिकारलाई कुण्ठित गर्दैै दमन शोषणमा उत्रिनु हुदैन । त्यसैले सरकाले आङ्खनो शैली सुधार्दै देशमा शान्ति सुरक्षा, जनताको वाच्न पाउने अधिकारको रक्षा गर्नै पर्दछ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २३, २०७६  ११:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC