site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 अविरल बग्छे महाकाली 

लिम्पीयाधुराको काखबाट बग्न सुरु गर्नेे महाकाली नदी अविरामरूपमा  नेपाल र भारतलाई छुट्याउने महत्त्वपूर्ण रेखा बनेर सँधै प्रवाहित भइरहेकी छ ।  निक्कै टाढाको यात्रामा जानु परेझैँ दौडिरहेकी  नदीको  गतिको दृश्य सुन्दर देखिन्छ । तर, उसको यो वेग सबै क्रृतु र याममा  एकैनासको हुँदैन । मान्छेमा हुने सबै संवेदना बोकेर हिँडेझै प्रत्येक याममा फरक फरक अनुहार लिएर प्रकट हुनु यो नदीको विशेषता हो । त्यसैले वर्षाको याममा बहाव बढी भएपछि मुटु नै छेड्ने गरी आक्रामक भएर हुत्तिइरहन्छे  भने हिउँदमा केही  शान्त भएर बगिरहन्छे ।   

नेपाल र भारतका सिमानामा बग्ने यो नदीको आकार दार्चुलादेखि कञ्चनपुर पुगुन्जेल स्थानैपिच्छे फरकफरक छ । नेपालको दार्चुलाबाट भारतको धार्चुला एकै मिनटमा पुग्न सकिने माध्यम हो त्यसमाथि बनेको  साँघुरो झुलुंगे पुल ।  नेपाल र भारत दुवै देशको यति नजिकैको अवस्थिति मैले देखेको पहिलो पटक हो । हेर्दा एकप्रकारको रोमांचकता अनुभूति गराइरहन्छ यस दृश्यले । 

दुवै देशको सिमानामा खुकुला गेटहरु निर्माण गरिएका छन् । बेलुका सातबजेदेखि बिहान सातबजेसम्म गेट बन्द गरिने कडा नियम छ । यो समय नाघिसकेपछि गेटबाट  यात्रुलाई ओहोरदोहेर गर्न अनुमति दिँदैनन् । त्यसैले बेलुका सात बज्न आँट्दा गेट पार गर्न पैदल यात्रु तथा भरियाका गन्तव्यमा पुग्न खोजिरहेका दगुराइ कुनै प्रतिस्पर्धाभन्दा कम देखिँदैनन् ।

Prabhu Bank
Agni Group
NIC Asia

हिउँदको मौसममा शान्त र सौम्य र सुन्दर बनेर बगिरहेकी नदी, वर्षाको समयमा पत्यारै नलाग्ने गरी हुत्तिरहेको देख्दा लाग्छ – ऊभित्र रहेका बोझ, रिस र शक्ति एकै पटक प्रर्दशन गर्ने मौसम हो यो । यी सब प्रदर्शन गरिहँदा कतिले उसको रौद्ररूपको सिकार हुनुपर्छ भन्नेबारे सोच्दिन ऊ सायद ।  केही समयपछि पुनः आफूलाई शान्त पार्छे र बगिरहन्छे । 

महाकाली नदी वरपरका बासिन्दालाई नदीको गड्गडाहट सुन्दै सुत्ने बानी परिसकेको छ । तर, नयाँका लागि भने यसले निन्द्रामा अवरोध पार्ने रहेछ ।  ठूलाठूला चट्टानलाई छेड्दै बीचबाट कसरी फाटेकी होला यो नदी ! 

Global Ime bank

विसं २०७० सालको दार्चुलाको विनाशकारी बाढीका नमेटिने डोब यहाँ अहिले पनि देखिन्छन् । उराठलाग्ने सिरेटाहरुबीच लम्पसार परेका दयनीय अवस्था सन्चो नहुने खतका रुपमा महाकालीले चट्टानझै बनाइदिएर गएकी  छे । तर मानवीय संवेदनासँग कुनै सरोकार नराख्दै आफू मजाले बगिरहेको भान हुन्छ  । महाकाली नदीले दिएको दुःखबाट आफ्ना आफन्त, घरबारी, बाँच्ने आधारहरु देख्न नसकिरहेका आँखा अहिलेसम्म ओभानो हुन सकिरहेका छैनन् । कति मानिसका दैनिकी धान्न आवश्यक खेतहरु  वालुवामा परिणत भएर बेपत्ता भए । उनीहरु हातमुख जोर्न पनि गारो अवस्थाबाट गुज्रिरहेका सजीव कथाहरु यहाँ सुन्न र देख्न पाइन्छ  ।  धेरैले परिवारका सदस्य सँधैका लागि गुमाए ।  यी सब दार्चुलाका पीडाहरु थिए भने धार्चुलाका पनि “दर्दहरु” ।

धार्चुला र दार्चुला सीमाको अवस्थिति ठ्याक्कै उस्तै भए पनि महाकाली नदीको रोषलाई थेग्न सक्ने बलिया बाँधहरु भारत सरकारले धार्चुलामा निर्माण गरेका कारण यस नदीले दार्चुलालाई दिने पीडा धार्चुलाको भन्दा बढी हुन्छ । त्यसैले एक मिनटमा वारपार गर्न सकिने धार्चुलामा महाकालीले यति ताण्डव मचाउन पाउँदिन ।  आफू पूर्ववत् अवतारमा फर्के पनि उसको चपेटामा परेका मानिसभने ऊजस्तै पुनः उही रूपमा फर्कन सक्तैनन् । 

यो नदी यसैगरी बग्दैबग्दै बैतडी पुग्छे । यहाँ झनै डरलाग्ने चट्टानका काखबाट बगिरहेकी  देखिन्छे । त्यसैले यसको परिवर्तित स्वरुपमा बगेकी छे ।  यहाँ पनि लगभग सानो झोलुंगे पुललाई साक्षी राख्दै सदियौंदेखि जुलाघाट र झुलाघाटबीच सौहार्दपूर्ण सम्बन्धमा गाँस्न मद्दत पुर्याइरहेकी छे । जुलाघाट र झुलाघाटबीचका  विशाल चट्टानमा खेल्न पाउँछे तर दार्चुलाको जस्तो ताण्डव मचाउन उसलाई यहाँका चट्टानले अनुमति दिएका छैनन् ।

चट्टानका मध्यभागमा सीमित रहेर  अगााडि गइरहेकी देखिन्छे ।  त्यसैले यस्को सास्ती बैतडीका बासिन्दाले खेप्न परेको छैन । यहाँ पनि दुवै देशलाई दार्चुलामा जस्तै झोलुंगे पुलले जोडेको छ । नदीमाथि बनेका यी पुलहरुले नेपाल र भारतबीच कतिपय साइनो गाँस्नमा सहायता गरेका छन् । वारिपारि विवाह  गर्ने, शिक्षा आर्जन गर्न भारतको पिथौरागढ जान सहज बनाउने काम महाकाली नदीमाथि बनेको झोलुंगेले गरेको छ । सुगौली सन्धिले यहाँ कुनै फरक परेको छैन भन्ने प्रमाण दुवै देशबीचका आपसी सम्बन्धले देखाइरहेको छ । 

सुदूरपश्चिमका अन्य पहाडी भेगभन्दा बैतडीका बासिन्दा धेरै पहिलेदेखि नै भारतका निकतवर्ती स्थानमा गएर शिक्षा आर्जन गर्ने गरेका थिए । यहाँको वारिपारिका बासिन्दाको बलिया सम्बन्ध खुकुला पुलले मजबुत बनाएको हो । लाग्छ, यी स्थान जुम्ल्याहा हुन् । त्यसैले नामका पहिला अक्षरमात्र फरक छन्  बैतडीमा ‘जु’ र ‘झु’ अनि दार्चुलामा ‘दा’ र ‘धा’ । तर देशको अर्थिक, सामाजिक, शैक्षिक अवस्था हेर्दा भने दुवै स्थानका मानिसको जीवनस्तरबाट फरक देखिन्छ । जुलाघाटको वारिबाट भारतीय बाटोमाससाना लिलिपुट अवतारमा देखिने जीप फ्याट्फुट्ट हुइँकिइरहेका देखिन्छन् । भिरैभिरको पहाडमा दौडिएका गाडी तल खसेको खण्डमा आधा सासमै महाकालीले निल्छे होला !

महाकालीको यो वेगवान् रूप तल तराईमा झर्दा कञ्चनपुरको ब्रम्हदेवमा परिणत भएको छ । ब्रम्हदेवबाट देखिने महाकाली नदीको स्वरूपले मन असहज बनाउँछ । महाकाली नदी र टनकपुर शब्द कुनै समयमा नेपालको राजनीतिका परिवेशमा निक्कै सुनिने शब्द थियो । यहाँ प्राकृतिकरूपमा बहिरहेको नदीको बहावलाई सानो कुलालाई अन्तै मोडेसरह नदीको बाटोनै मोडेर भारतले आफूतर्फ लगेको छ ।

ब्रम्हदेवमा महाकाली नदीमाथि बनाइएका बाँधबाट भारतले प्रशस्त फाइदा लिइरहेको देखिन्छ । नेपाली नेतृत्वको लाचारीपना होस् वा स्वार्थ जेसुकै भए पनि यो नदी टनकपुरमा आइपुगेपछि खुसी देखिँदैन । यहाँ सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले नेपालीप्रति गर्ने हेपाहा व्यवहारले नेपाल र नेपाली भूमीप्रति उनिहरूको रवैया सकारात्मक छैन भन्ने दर्शाइरहेको हुन्छ । 

ऊ अझै अगााडि बढ्छे । यो नदी पारिका नेपाली गाउँहरू दोधारा चाँदनीका  र वारिका गाउँलाई वर्षामा आफ्नो ताण्डवको सिकार बनाउनु यसको नियम जस्तै भएको छ । यसले निम्त्याउने बर्बादीहरु प्रत्येक वर्ष दोहोरिरहन्छन् । मसिनो धर्सो बनेर न्याउरो मुख लगाएर नेपालका गाउँमा अलिअलि छिरिरहेकी हाम्री महाकाली नदी भारतमा शाारदा बनेर बगिरहेको देख्नपर्छ ।

हिउँदमा खेतीमा सिंचाइका लागि आवश्यक पानी नै नपाउने गरी यसलाई आफ्नै गतिमा अघि बढ्न दिइँदैन । किनभने भारतले सबै आवश्यक पानी आफुतर्फ पानी तानिदिन्छ । तर, वर्षाको समयमा भने प्रचण्ड भेलसहित नेपालमै पठाइन्छ । जसका कारण यसको रौद्र स्वरूपले कतिका जीवन र जिउने आधार एकै झोँकमा खत्र्याकखुत्रुक हुन्छन् । महाकालीले कञ्चनपुरमा आफ्ना नजिकका गाउँबस्ती उजाड बालुवामा परिणत गरेर छाडिदिन्छे  । घरखेत सबै निमेषमै समाप्त हुन्छन् । यसलाई रोक्ने स्थायी उपाय यहाँको प्रमुख आवश्यकता हो ।  

महाकाली नदी अविरल रुपमा बगिरहेकी छे र  गंगामा गएर मिसिन्छे । यहाँ मिसिनुपूर्व आफ्नो छाप भिन्नै प्रकारले छाड्दै गएकी हुन्छे । नेपालका लागि यो ज्यादै महत्वपूर्ण नदी हो । तर, यसको उपयोगलाई त परै जाओस् यसले निम्त्याउने जोखिमलाई समेत नेपालले कम गर्न सकेकोे छैन । खेतीमा आकाशे पानीमा निर्भर हाम्रो मुलुकले सिंचाइका लागि समेत उपयोगमा ल्याउन सकिरहेको छैन । सायद केही फरक पर्र्दैन महाकालीलाई । त्यसैले त यो नदी सधैँ अविरल बगिरहेकी छे । 

(स्थानीय भाषिकामा जस्तै नदीलाई स्त्री लिंगी क्रियापदको एक वचन प्रयोग गरिएको छ ।)


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २५, २०७६  ०७:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC