site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
देशभरका सबै तहका विद्यालयको दरबन्दी मिलान 
Sarbottam CementSarbottam Cement

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका सबै तहका विद्यालयहरुको दरबन्दी मिलान गरेको छ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबार सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गरी राष्ट्रिय शिक्षा नीति र शिक्षकहरुको दरबन्दी मिलान सम्बन्धी जानकारी गराएको हो । 

मन्त्रालयले देशभर कायम रहेको प्राथमिक तर्फको दरबन्दी ८० हजार १ सय ७६, निम्न माध्यमिक तर्फको दरबन्दी १६ हजार २ सय ४४ र माध्यमिक तर्फको १२ हजार ७ सय २५ कायम गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै साविकको उच्च माध्यमिकतर्फको दरबन्दी २ हजार तोकेको छ । 

त्यस्तै प्राथमिकतर्फको राहत अनुदान कोटा २१ हजार ८ सय ७१, निम्न माध्यमिक तर्फको राहत कोटा ९ हजार ६ सय ९ र माध्यमिक तर्फको राहत अनुदान कोटा ६ हजार ८ सय ९८ छुट्याइएको छ ।

Global Ime bank

त्यस्तै उच्च माध्यमिकतर्फको राहत अनुदान कोटा ४ हजार पु¥याइएको मन्त्रालयले जनाएकाृे छ ।  त्यस्तै १ सय २३ स्थानीय तहबाट ४ हजार ८ सय ५२ दरबन्दी तथा राहत अनुदान कोटा अन्य स्थानीय तहमा हस्तान्तरण हुनेछन् ।  त्यस्तै १४ जिल्लाको ३ हजार ३ सय ५९ दरबन्दी, १५ जिल्ला भित्र एक स्थानीय तहबाट अर्को तहमा १ हजार ४ सय ९३ मिलान हुने छ । 

स्थानीय तहभित्रको शिक्षकहरुको राहत तथा अनुदानको कोटाको मिलान भने सम्बन्धित स्थानीय तहले गर्ने व्यवस्था गरिएको छ । यस्तै मन्त्रालयले राष्ट्रिय शिक्षा नीतिको किताब पनि सार्वजनिक गरेको छ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री  गिरीराजमणी पोखरेलले शिक्षाको दुरदृष्टि, लक्ष्य, उद्देश्य र रणनीतिहरुको परिधिभित्र रहेर राष्ट्रिय शिक्षा नीति ल्याइएको बताए ।

सार्वजनिक गरिएको शिक्षा नीतिमा समावेस गरिएका कतिपय विषयहरु प्रदेश र स्थानीय तहबाट समेत कार्यान्वयन गर्नुपर्ने भएकाले आफ्नो आवश्यकताअनुसार नीति प्रतिकुल नहुने गरी आफ्नै रणनीति, कार्यनीति र कार्यक्रम लागु गर्न सक्ने बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २५, २०७६  १७:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC