site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
२०१९ मा विश्वका २५० पत्रकार जेलमा, पत्रकारलाई सबैभन्दा अप्ठेरो चीन, टर्की, साउदी अरेबिया र इजिप्टमा 
Sarbottam CementSarbottam Cement

न्यूयोर्क । कमिटी टु प्रोटेक्ट जर्नालिस्ट(सीपीजे)ले प्रकाशित गरेको पछिल्लो रिपोर्टमा जनाइएअनुसार सन् २०१९मा कम्तिमा २५० पत्रकार जेलमा रहेको पाइएको छ ।

सबैभन्दा बढी पत्रकारलाई दमन गर्ने मुलुकको रुपमा चीन, टर्की, साउदी अरेबिया र इजिप्ट रहेको सीपीजेको रिपोर्टमा उल्लेख छ । त्यसपछि इरिट्रिया, भियतनाम र इरान पत्रकार दमन गर्ने मुलुकका रुपमा उल्लेख गरिएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

अधिकांश पत्रकारहरुलाई राज्य विरोधी गतिविधिको अभियोग लगाइएको रिपोर्टमा उल्लेख छ । कतिपयलाई गलत समाचार लेखेको अभियोग लगाइएको छ । अघिल्लो वर्ष गलत समाचार लेखेको अभियोग २८ जनालाई लागेकोमा यसपालि सो संख्या ३० पुगेको छ । पछिल्लो समयमा रसिया र सिंगापुरले पनि गलत समाचार लेख्ने कामलाई फौजदारी अभियोग लगाउने कानुनी व्यवस्था गरेको सो रिपोर्टमा उल्लेख छ ।

टर्कीमा अघिल्लो वर्ष ६८ पत्रकार जेलमा भएकोमा अहिले ४७ मा झरेको रिपोर्टमा जनाइएको छ ।  जेलमा नपरे पनि दर्जनौं पत्रकारले अहिले बाहिर रहेरपनि मुद्धा खेपीरहेको रिपोर्टमा उल्लेख छ ।  सीपीजेका अनुसार चीनमा सन् २०१९मा कम्तिमा ४८ पत्रकार जेलमा छन् । यो संख्या अघिल्लो वर्षको भन्दा एक जना बढी हो । 
साउदी अरेबियामा २६ पत्रकार अहिले जेलमा रहेको जनाइएको छ । इजिप्टमा पनि जेलमा रहेका पत्रकारको संख्या २६ छ । 

Global Ime bank

इरानमा ११, रसियामा ७, इरिट्रियामा ३९ र भियतनाममा १२ जना जेलमा रहेको रिपोर्टमा उल्लेख छ । कूल जेलमा रहेका मध्ये ८ प्रतिशत महिला छन् । साउदी अरेबिया र चीनमा बाहेक अन्यत्र आफ्नै देशको समाचार लेख्दा पत्रकार जेल परेको जनाइएको छ ।  पत्रकारलाई जेल हाल्ने विषय राजनीति, मानवअधिकार र भ्रष्टाचार सम्बन्धी मुख्य छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २६, २०७६  ०९:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC