site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

स्वाभाविक दाबेदार वर्तमान उपसभामुखलाई पन्छ्याएर अर्को व्यक्तिलाई सभामुख बनाउन सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र भएको चलखेलले सभामुख चयन नै संकटमा परेको देखियो । प्रतिनिधि सभाका तत्कालीन सभामुख कृष्णबहादुर महराले आफूमाथि बलात्कारको अभियोग लागेपछि पदबाट राजीनामा गरेका थिए । त्यसपछि रिक्त सभामुख पदमा आफ्नै गुटको नेतालाई स्थापित गर्न नेकपा (नेकपा)का नेताहरूबीच तानातान भएको समाचार प्रकाशमा आएका छन् । उपसभामुख तुम्बाहाम्फे तत्कालीन नेकपा (एमाले)बाट निर्वाचित भएकी हुन् । उनी पदमा कायमै रहँदासम्म नेकपा (नेकपा)बाट अर्को व्यक्ति सभामुख बन्न सक्तैन । हुनत, नेपालको संविधान, २०७२ को धारा ९१ उपधारा (२) अनुसार एमाले र माओवादी एकतापछि सभामुख वा उपसभामुखमध्ये एक जनाले पद छाड्नु पर्थ्यो । त्यसमा नेकपा (नेकपा)का नेताहरूले रकमी तर्क गरेर संवैधानिक प्रावधान र मर्ममा बलमिच्याइँ गरेका थिए ।  

तुम्बाहाम्फे उपसभामुखका रूपमा खासै विवादमा परेकी छैनन् । योग्यता र अनुभवकै आधारमा पनि उनलाई पन्छाउनु पर्ने स्पष्ट कारण देखिँदैन । महिला राष्ट्रपति बनाएकोमा गर्व गर्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूले अर्की महिलालाई सभामुख हुन नदिनु पर्ने पनि उचित तर्क वा कारण देखिँदैन । संसदीय पद्धतिमा सभामुख तटस्थ र भद्र हुनुपर्छ । संसदीय पद्धतिको जननी मानिने बेलायतमा त बहालवाला सभामुखको संसदीय क्षेत्रमा अर्को दलले उमेदवारीसमेत दिँदैन । नेपालमा संसदीय पद्धति अपनाए पनि त्यसको मर्म र भावनामा सधैँ आघात पुर्‍याउने गरिएको छ । बहालवाला उपसभामुखलाई कुनै स्पष्ट कारणबिना पन्छाएर अर्को व्यक्तिलाई सभामुख बनाउनु संसदीय मर्मविपरीत हो । कम्युनिस्टहरूबाट संसदीय पद्धतिको मर्यादा नराखिनु अस्वाभाविक नहोला तर अधिनायकवादको बीउ रोप्ने नियत छैन भने शासकका रूपमा  संविधानको मर्ममा प्रहार गर्न थाल्नु हुँदैन । 

अहिले देशमा राजनीतिक स्थिरता छ भने त्यो व्यवहारमा पनि देखिनुपर्छ । यतिबेला असल अभ्यार र परम्परा थाल्न सके राजनीति धमिलिनबाट जोगिने थियो । वास्तवमा अहिले उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराउन हैन सर्वसम्मत सभामुख बनाउन संसद्का नेताका नाताले प्रधानमन्त्री केपी ओलीले अग्रसरता लिनुपर्थ्यो । प्रमुख विपक्षले पनि उपसभामुख नै सभामुख हुने हो भने निर्विरोध समर्थन गर्ने वचन सार्वजनिक गर्नुपर्थ्यो । प्रमुख विपक्षलाई उपसभामुखको पदमा सत्तापक्षले समर्थन गर्नुपथ्र्यो । दुर्भाग्य, अहिलेका नेताहरूले आफूलाई लोकतन्त्रका लागि लडेको दाबी गरे पनि तिनमा लोकतान्त्रिक संस्कार भने पटक्कै देखिएन ।  उपसभामुख तुम्बाहाम्फेलाई समामुख हुन नदिनु सत्तारुढ दलका नेताहरूको महिला द्वेषी मानसिकतामात्रै ठहरिनेछ । मानवताविरुद्धको जघन्य अपराधमा फौजदारी मुद्दा चलिरहेको कुनै व्यक्तिलाई सत्तारुढ दलले सभामुखमा उमेदवार बनायो भने प्रधानमन्त्री ओलीमाथि दण्डहीनतालाई  प्रश्रय दिएको कलंक लाग्नेछ । देशको सभामुख अन्तर्राष्ट्रिय समुदायबाट बहिष्कृत हुने अवस्था नआओस् !  
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २६, २०७६  ११:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC