site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
आयोगले थाल्यो राष्ट्रियसभा निर्वाचनको तयारी
Sarbottam CementSarbottam Cement

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभामा रिक्त हुन लागेका १९ सांसदको स्थानमा नयाँ सांसद पठाउन गृहकार्य सुरू गरेको छ । आयोगले एक जना राष्ट्रपतिबाट मनोनित हुने बाहेक निर्वाचनबाट पुर्ति हुने १८ रिक्त स्थानका लागि माघ ९ गते निर्वाचनको मिति तय गरिसकेको छ ।

खाली हुन लागेका स्थानमा निर्वाचनबाट पदपुर्ति गर्नका लागि आयोगले आन्तरिक गृहकार्य सुरू गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । 

“माघ ९ गते निर्वाचन गर्ने गरी मिति तय भइसकेको छ । आन्तरिक तयारीमा आयोग छ ।  कार्यतालिका बनाउने, सामाग्री व्यवस्थापनको रुजु गर्ने काम भइरहेको छ,” प्रवक्ता श्रेष्ठले भने । 

Prabhu Bank
Agni Group
NIC Asia

राष्ट्रिय सभाबाट आफ्नो दुई वर्षे कार्यकाल सकेर बिदा हुनेमा अर्थमन्त्री डा. युवराज खतिवडा पनि छन् । उनी राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रियसभामा मनोनित सदस्य हुन् । 
राष्ट्रिय सभामा सांसदहरुको गोला प्रथाबाट कार्यकाल तय गरिएको थियो । कार्यकाल सकिएपछि रिक्त हुने राष्ट्रिय सभा सदस्य पदमा नयाँ नियुक्तिका निर्वाचन आयोगले राजनीतिक दलहरुसँग छलफल थालिसकेको छ । 

राष्ट्रिय सभामा ५९ सदस्य छन् । जसमध्ये १९ जना सांसदको कार्यकाल फागुन २० गते सकिँदैछ । १८ जना सांसद निर्वाचनको प्रक्रियाबाट छनिनेछन् भने १ जना राष्ट्रपतिबाट मनोनित हुनेछन् । 

Global Ime bank

जो राष्ट्रिसभाबाट बिदा हुँदैछन्  

दुई वर्षे कार्यकाल सकेर राष्ट्रियसभाबाट विदा हुनेमा सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरु धेरै छन् । नेकपाका नौ, कांग्रेसका सात, राष्ट्रिय जनता पार्टीका दुई र समाजवादी पार्टीका एकजना सदस्यको कार्यकाल यहि फागुन २० मा सकिँदैछ ।

सांसदहरु सरिता प्रसाईं, सुरेन्द्रराज पाण्डे, हरिचरण शिवाकोटी, रामप्रित पासवान, बिन्दादेवी आले, वृषेशचन्द्रलाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, डा. युवराज खतिवडा, युटोल तामाङको कार्यकाल सकिँदैछ । 

त्यस्तै,  रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र  खेमराज नेपाली पनि राष्ट्रियसभाबाट बिदा हुँदैछन् । 

जो चार वर्ष राष्ट्रिय सभामा रहनेछन् 

राष्ट्रियसभामा अर्को दुई वर्ष कार्यकाल रहेका २० जना सांसद छन् । दुई वर्ष कार्यकाल पूरा गरेका उनीहरु अझै दुई वर्ष राष्ट्रिय सभामा रहनेछन् । सांसदहरु परशुराम मेघी गुरुङ, सुमनराज प्याकुरेल, राधेश्याम अधिकारी, दीनानाथ शर्मा, चन्द्रबहादु खड्का, खगेन्द्रप्रसाद पुरी, शेरबहादुर कुँवर, रामनारायण बिडारी, नैनकला ओझा, शशिकला दाहालको कार्यकाल चार वर्ष छ । 

त्यस्तै, उदया शर्मा पौडेल, शान्तिकुमारी अधिकारी, कोमल वली, कविता बोगटी, तारादेवी भट्ट, खिमकुमार विक, चक्र स्नेही, रामलखन चमार, जीवन बुढा र अगम वान्तवा राई पनि थप दुई वर्ष संसदमा रहनेछन् । 

पुरा कार्यकाल रहने सांसद

गोलाप्रथा एकप्रकारले भाग्य चिठ्ठाजस्तै हो । गोला तान्दा जति पदावधि पर्छ त्यती नै समयावधि राष्ट्रियसभामा रहने व्यवस्था छ । यसरी गोला तान्दा पुरा कार्यकाल अर्थात ६ वर्ष नै सांसद बन्न पाउनेमा राष्ट्रिसभा अध्यक्ष गणेश तिमल्सिनासहित २० सांसद छन् । 

सांसदहरु रमेशजङ्ग रायमाझी, जितेन्द्रनारायण देव, रामबहादुर थापा, गणेशप्रसाद तिमिल्सिना, खिमलाल भट्टराई, भैरवसुन्दर श्रेष्ठ र हरिराम चौधरी, बिना पोखरेल, प्रमिलाकुमारी, दिलकुमारी रावल, दीपा गुरुङ, अनिता देवकोटाको कार्यकाल ६ वर्षकै छ । 

त्यस्तै, सांसद नन्दा चपाई, इन्दु कडरिया, नरपति लोहार, सिंहबहादुर विश्वकर्मा, प्रकाश पन्थ, महेशकुमार महरा, रामचन्द्र राई र विमला राई पौडेल पनि पुरा कार्यकाल राष्ट्रिय सभामा रहने भाग्यमानी हुन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २६, २०७६  १२:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC