site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतको असममा प्रदर्शनकारीमाथि गोली प्रहार
Sarbottam CementSarbottam Cement

गुवाहाटी । नागरिकता संशोधन विधेयकलाई लिएर भारतको पूर्वोत्तर राज्य असममा अवस्था थप बिग्रिँदै गएको छ । असमका केही इलाकामा हिंसाका घटना भइरहेका छन् । कैयौं इलाकामा प्रहरी र प्रदर्शनकारीबीच झडपको अवस्था समेत उत्पन्न भएको छ । 

डिब्रुगढमा कर्फ्यूको परवाह नगरी सडकमा निस्केका प्रदर्शनकारीमाथि प्रहरीले फायरिङ्ग गरेको छ । डिब्रुगढका प्रहरी अधीक्षक गौतम बोराले कर्फ्यू तोडेर प्रहरीमाथि आक्रमण भएका कारणले फायरिङ गर्नुपरेको जनाएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रदर्शनकारी निकै उग्ररुपमा प्रस्तुत भएकोले त्यसो गर्नुपरेको उनको तर्क छ । स्थानीय पत्रकार अलख निरन्जन सहायका अनुसार फायरिङमा केही मानिस गोली लागेर घाइते भएका छन् । उनीहरुलाई विभिन्न अस्पतालमा भर्ना गरिएको छ । गुवाहाटी समेत राज्यका विभिन्न इलाकामा इन्टरनेट सेवापनि बन्द गरिएको छ ।

उता भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विहीबार नयाँ दिल्लीमा बोल्दै नागरिकता विधेयकका बारेमा असमबासी चिन्तित हुनु नपर्ने जनाउँदै आफूले उनीहरुको अधिकार रक्षा गर्ने जनाएका छन् । बीबीसी
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २६, २०७६  १३:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC