site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
हुम्ला र जाजरकोटमा भारी हिमपात, भोलि चिसो झनै बढ्ने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालको पश्चिमी भूभागबाट नेपाल प्रवेश गरेको न्युनचापीय प्रणालीका कारण मुलुकभर चिसो बढेको छ । न्युनतम तापक्रम धेरै तल नझरे पनि अधिकतम तापक्रम निकै तल झरेको मौसमविद्हरुले जनाएका छन् । पश्चिमी वायुको प्रणालीका कारण उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार जाजरकोट, हुम्लालगायतका जिल्लामा भारी हिमपात भएको छ ।

यसले जनजिवन कस्टकर बनेको छ ।  पूर्वी इरान र अफगानिस्तान हुँदै नेपाल प्रवेश गरेको यस प्रणालीले देशैभरको मौसममा प्रभाव पारेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार शनिबारसम्म मौसममा बदली भइरहन्छ । “रातिदेखि नै बदली भएको हो,” उनले भनिन्, “त्यसको असर पश्चिम नेपालमा देखिएको छ । जाजरकोट र हुम्लामा भारी हिमपात भएको छ । अन्य जिल्लामा यसको असर देखिएको छ । भोलि यसको असर झनै देखिन्छ । भोलिसम्ममा अन्य जिल्लाहरुमा पनि प्रभाव पर्ने देखिन्छ ।”

उनले शनिबार पूणरुपमा सुधार नभए पनि सुधार हुँदै जाने जानकारी दिइन् ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २६, २०७६  १५:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC