site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतको नागरिकता संशोधन विधेयकविरुद्ध सर्वोच्चमा मुद्दा, असममा गोली चल्यो
Sarbottam CementSarbottam Cement

नयाँ दिल्ली । भारतको नागरिकता संशोधन विधेयकविरुद्ध भारतीय युनियन मुस्लिम लिगले सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेको छ । बुधबार भारतको राज्यसभाबाट उक्त विधेयक पास भएपछि बिहीबार मुस्लिम लिगले सर्वोच्च अदालतमा मुद्दा हालेको हो । 

मुस्लिम लिगकातर्फबाट वरिष्ठ अधिवक्ता कपिल सिबालले मुद्दा दर्ता गराएका हुन् । रिट निवेदमामा सरकारले स्वीकृति दिएको र राज्यसभाबाट पारित भएको नागरिकता संशोधन विधेयक २०१९ गैरकानुनी भएकाले खारेजीको माग गरिएको छ ।

१ सय २५ राज्यसभा सदस्यले विधेयकको पक्षमा र १ सय ५ सदस्यले विपक्षमा मतदान गरेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

भारतीय संघीय गृहमन्त्री अमित शाहले बुधबार राज्यसभामा विधेयक प्रस्तुत गरेका थिए । विधेयक प्रस्तुत गर्दै उनले भने, ‘‘भारतीय मुश्लिम सुरक्षित छन् र सधैँ सुरक्षित रहनेछन् ।’’

यो विधेयकमा बंगलादेश, अफगानिस्तान र पाकिस्तानका ६ अल्पसंख्यक समुदाय हिन्दु, बौद्ध, जैन, फारसी, इसाई र सिखसँग सम्बन्ध राख्‍ने मानिसलाई भारतीय नागरिकता दिने प्रस्ताव गरेको छ ।  मौजुदा कानुनअनुसार कुनै पनि व्यक्तिलाई भारतीय नागरिकता लिनका लागि कम्तीमा ११ वर्ष भारतमा रहनु अनिवार्य छ । यो विधेयकमा छिमेकी देशका अल्पसंख्यकका लागि समयावधि ११ बाट घटाएर ६ वर्ष बनाइएको छ । 

Global Ime bank

अहिलेको संशोधनले भारतको नागरिकता विधेयकको अधिनियम १९५५ को प्रावधानलाई संशोधन गरिनेछ । भारतको नागरिकता लिनका लागि कम्तीमा ११ वर्ष भारतमा बसोबास गरेको हुनुपर्नेछ । तर, अहिले संशोधन विधेयकले उक्त ११ वर्षको प्रावधानलाई हटाएर बंलगादेश, अफगानिस्तान र पाकिस्तानका नागरकले छ वर्ष बसोबास गरे नागरिकता मिल्ने प्रावधान राखिनेछ । 

असममा तनाव

नागरिकता संशोधन विधेयकलाई लिएर भारतको पूर्वोत्तर राज्य असममा प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको छ । त्यहाँ अनिश्चितकालीन कर्फ्यु जारी गरिएको छ । 

असमको डिब्रुगढमा कर्फ्युको परवाह नगरी सडकमा निस्केका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको छ । डिब्रुगढका प्रहरी अधीक्षक गौतम बोराले कर्फ्यु तोडेर प्रहरीमाथि आक्रमण भएका कारणले फायरिङ गर्नुपरेको बताएका छन् ।

डीएनए 

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २६, २०७६  १५:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC