खेल
काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी स्पाइकर प्रतिभा मालीले माल्दिभ्सको भलिबल लिग खेल्ने भएकी छिन् ।
लामो समय देखि नेपाली टोलीमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेकी उनले माल्दिभ्सको राष्ट्रिय भलिबल लिगमा पुलिस टोलीबाट खेल्ने भएकी हुन् ।
यसअघि माल्दिभ्सको लिग खेल्दै उनले आफ्नो टोलीलाई च्याम्पियन बनाएकी थिइन् । प्रतिभा लिगमा उत्कृष्ट खेलाडी पनि भएकी थिइन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर २६, २०७६ १६:३३
प्रतिक्रिया दिनुहोस्