site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मुख्यमन्त्री राईद्वारा उद्यौली पर्वको शुभकामना
Sarbottam CementSarbottam Cement

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उद्यौली पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

मुख्यमन्त्री राईले बिहीबार एक शुभकामना सन्देश जारी गर्दै किराँत समुदायको महान् पर्व उद्यौली (साकेला, साकेन्वा, चासोक तङ्नाम, चासुवा, फोलस्वाँदर) २०७६ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

जारी शुभकामना सन्देशमा भनिएको छ, ‘‘यहाँ मनाउने उद्यौली जस्ता चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्न महत्त्वपूर्ण योगदान गरेका छन् ।’’

यस प्रकारका मौलिक सांस्कृतिक चाडपर्वले सामाजिक एवं पारिवारिक जमघट गराउने र समुदायबीचमा आपसी सद्भाव सुमधुर बनाउन सहयोग गरेका छन्, मुख्यमन्त्री राईले जारी गर्नुभएको सन्देशमा भनिएको छ ।

Global Ime bank

धार्मिक तथा सांस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा मनाइने यस्ता चाडपर्वका माध्यमबाट कायम हुने एकता तथा सामाजिक सद्भावलाई दिगो र दरिलो बनाउनेतर्फ लाग्नु हामी सबैको कर्तव्य हो, शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

यो पर्वले नेपालका सबै जातजाति एकताबद्ध भई आपसी सद्भाव तथा भ्रातृत्व अभिवृद्धि गरी स्वच्छ, सुखी र समुन्नत प्रदेश निर्माणमा अगाडि बढ्न मुख्यमन्त्री राईले आग्रह गरेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २६, २०७६  १६:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC