site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेपालमा कोही कम्युनिष्ट हुनैसक्दैनन् : कोइराला
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले नेपालमा कोही कम्युनिष्ट हुनै नसक्ने बताएकी छन् । गिरिजाप्रसाद कोइराला फाउन्डेसन सिन्धुपाल्चोकले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नाम कम्युनिष्ट राखे पनि नेपालमा कोही कम्युनिष्ट हुनै नसक्ने दाबी गरिन् । 

“जुन मुलुकको जे सँस्कृति हो त्यहाँका जनता त्यही अनुसारको हुने हो । नेपाली जनता स्वभावैले प्रजातन्त्रवादी छन् ,” उनले भनिन्, “नाम कम्युनिष्ट राखे पनि नेपालमा कोही कम्युनिष्ट हुनै सक्दैनन् ।” उनले मदन भण्डारीको जनताको बहुदलीय जनवाद पनि प्रजातान्त्रिक विचारधारनै भएको बताइन् । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै, उनले अहिले देशमा राष्ट्रियता र प्रजातन्त्र कमजोर भएको बताइन् । गिरिजाप्रसाद कोइरालाले देखाएको सहमति, सहकार्य र एकताको बाटो नै राष्ट्रियता र प्रजातन्त्र बलियो बनाउने बाटो भएको उनको भनाइ थियो । कांग्रेस अहिले कमजोर अवस्थामा रहेको भन्दै आन्तरिक एकता मजबुत बनाउनुपर्नेमा उनले जोड दिइन् । 

कार्यक्रममा पूर्वराजदूत जयराज आचार्यले मुलुकको परराष्ट्र नीति गलत बाटोमा गएको बताए । ‘‘अहिले सरकारको परराष्ट्रनीति गलत बाटोमा छ । यसले देशभित्र विपत्ति निम्त्याउँछ,” उनले भने । देशलाई अघि बढाउन अब राजनीतिक दलभित्र युवा नेतृत्व आउनुपर्नेमा उनको जोड थियो । 

Global Ime bank

कार्यक्रममा डा। उमेश भट्टराईले नेपालको शान्ति प्रक्रियामा गिरिजाप्रसाद कोइरालाले खेलेको भूमिकाबारे चर्चा गरे । उनले अहिले पनि राष्ट्रियता, लोकतन्त्र र संघीयता खतरामा रहेको भन्दै प्रजातन्त्रवादीहररूले सचेत हुने बेला आएको बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २६, २०७६  १७:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC