site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
अबको लक्ष्य एशियन, ओलम्पिक र विश्वकप : सदस्य सचिव सिलवाल 
Sarbottam CementSarbottam Cement

काठमाडौं ।  राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवालले १३ औं दक्षिण एशियाली खेलकुद (साग) पछि एशियन खेलकुद, ओलम्पिक र विश्वकपसहितको मंहत्वकाक्षी योजनासहित अघि बढ्ने बताएका छन् । 

बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सदस्यसचिव विष्टले १३ औं सागपछि के गर्ने नभइ आगामी दिनमा अझै पदक सङख्या बढाउन र खेलस्तर सुधार्न महत्वाकांक्षी योजनासहित अघि बढ्ने बताएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले भने,“अब १४ औं सागमा केन्द्रित हुनेछौं । ओलम्पिक गेम, एशियन गेम हुँदै विश्वकपसम्म पुग्ने स्तर बनाउनेछौं । दक्षिण एशियाली खेलकुदमा हामी पावर हासउको रुपमा उदायौं । अब एशियन गेम हुँदै विश्वकपसम्म पुग्ने हुनेछ । त्यहीअनुसारको प्रशिक्षण र तयारी गर्छौं ।”

उनले अहिलेको पदक सङ्ख्याको साखलाई जोगाइराख्न अहिलेदेखि नै योजना बनाएर अघि बढ्नुपर्ने बताए । त्यसका लागि राखेपमा आबद्ध १ सय ५६ संघले दिएको योजनाअनुसार खेलाडीको आगामी दिनको कार्य तय हुनेछ । 

Global Ime bank

उनले भने,“ मैले तीनपटक पत्र काटिसकें । तीनवर्ष अघिको कामको उपलब्धि र अब यो वर्षको उद्देश्य राखेर जवाफ पठाउन भनेको थिएँ । तर, अहिलेसम्म ७० संघले मात्रै जवाफ फर्काए, बाँकी ८६ वटाले अहिलेसम्म कुनै जवाफ दिएका छैनन् । मैले अन्तिम चेतावनी दिएको छु । अब पनि कुनै जवाफ नआए, म विकल्पमा लाग्छु । क्रियाशिल नभएका संघलाई क्रियाशिल बनाउछु । यदि क्रियाशिल नभए नयाँ संघ बनाएर गति दिन्छु । नभए बर्खास्त हुनेछन्।”

नेपालको खेलकुद क्षेत्रले क्रमिक रुपमा सुधार र छलाङ मार्दै गएको बताएका सदस्यसचिब सिलवालले खेललाई उत्पादनशील क्षेत्रको रुपमा अघि बढाउने उल्लेख गरे । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २६, २०७६  १७:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC