site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
प्रधानसेनापति सातौं महिला फुटबल आइतबारबाट
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानसेनापति सातौं राष्ट्रिय महिला फुटबल प्रतियोगिता हुने भएको छ ।

नेपाली सेनाको आयोजनामा आइतबारबाट प्रधानसेनापति सातौं राष्ट्रिय महिला फुटबल प्रतियोगिता सुरु हुन लागेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

आयोजक नेपाली सेनाले पत्रकार सम्मेलनमा ३ विभागीय क्लबसहित ३ प्रदेशका टोली, भुटान र सिक्किमको टोली पनि प्रतियोगितामा सहभागी हुने जानकारी दिएको छ ।

जसमा आयोजक आर्मी, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपीएफ तथा प्रदेश नम्बर १, २ र ५ को सहभागिता रहनेछ । भुटान र सिक्किमको टोली पनि सहभागी हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो । लिग कम नकआउटका आधारमा हुने प्रतियोगिताको समूह एमा एपीएफ, प्रदेश १, सिक्किम र आर्मी छन् । समूह बीमा पुलिस, भुटान, प्रदेश २ र प्रदेश ५ छन् । समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन् ।

Global Ime bank

पुस ९ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ पाउनेछ भने उपविजेताले १ लाख ५० हजार तथा तेस्रो हुनेले १ लाख रुपैयाँ पाउनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर पाउनेछ । उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड तथा प्रशिक्षकलाई जनही १० हजार दिइने बताइएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २६, २०७६  १७:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC