site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
 ठेकदारहरुमा डर हराएका कारण अराजकता बढ्‍यो : नेता नेपाल 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले ठेकेदारहरुमा डर हराएका कारण अराजकता बढेको बताएका छन् ।

चाबहिल साँखु सडकखण्डको निरीक्षणपछि बोल्दै नेता नेपालले काम नगर्ने ठेकेदारलाई दण्डभन्दा बढी माफी दिने प्रवृतिका कारण उनीहरुमा डर हराएको र डर नै नभएपछि अराजकता बढेको बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

विश्वका अन्य मुलुकहरुमा काम नगर्नेलाई माफीभन्दा पनि दण्ड सजायबढी हुने भएको विकास पनि भएको तर हाम्रो देशमा त्यसको ठिक उल्टो भएका कारण निर्माण आयोजनाहरु समयमै सम्पन्न हुन नसकेको उनले बताए । 

निर्माण सुरू भएको लामो समय बितिसक्दासमेत चाबहिल साँखु सडकखण्ड कालोपत्रे नभएको सन्दर्भमा नेता नेपालले पहिलो पटकलाई माफी दिइएको र अब पनि काम नभए कडा कारवाही हुने बताए ।

Global Ime bank

ढिला काम गर्ने प्रवृति, समुन्वयको अभाव, सहयोगित भावनाको कमीका कारण उक्त सडकखण्डमा ढिलाइ भएको भन्दै उहाँले चैत मसान्तभित्र सम्पन्न गर्न ठेकेदारलाई भनेको बताए । निर्माण सम्पन्न गर्न दिइएको समयसीमा कुर्दै काम गर्ने प्रवृति हाबी भएकोले कुनै पनि कामहरु गुणस्तरिय र समयमा सम्पन्न नहुने उनले बताए ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङले सरकार भौतिक पूर्वाधारको क्षेत्रमा तिव्र ढंगले विकास गर्न अगाडी बढेको बताएका छन् । सबै तहका जनप्रतिनिधिहरुर्लाइ साथमा लिएर संघीय सरकर रुग्ण आयोजनाहरुलाई यथासिघ्र सम्पन्न गर्ने योजनामा सरकार रहेको उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २६, २०७६  १८:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC