site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
बेल्ट रोड, यातायात र पर्यटन सम्मेलनको तयारी पूरा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० लाई भव्यरूपमा सफल बनाउन विभिन्न प्रचारात्मक कार्य र अभियान सञ्चालन भइरहेका छन् । त्यसै सन्दर्भमा, विश्वकै ठूलो मानिएको परियोजना बेल्ट रोड एन्ड इनिसेटिभ समेत जोडिएको छ ।

चीनको राजधानी बेइजिङमा हेडक्वार्टर रहेको बेल्ट रोड अन्तर्राष्ट्रिय यातायात गठबन्धनले नेपालको नासा फाउन्डेसनसँगको सहकार्यमा आगामी डिसेम्बर १३ र १४ तारिख काठमाडौँमा यातायात र पर्यटन एकीकरणमा नेपाल भ्रमण वर्ष २०२० सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला सञ्चालन गर्ने भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपाल इन्जिनियर्स एसोसिएसनको सहआयोजना, तुन्दी कन्स्ट्रक्सनसँगको पार्टनरसिप, चिनियाँ हाइवे एन्ड ट्रान्सपोर्ट सोसाइटी तथा नेपाल अटोमोबाइल्स एसोसिएसनको तत्त्वावधानमा आयोजना हुने सो कार्यशालाको उद्घाटन नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गर्नेछन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको सहयोग तथा पर्वतीय खेलकुद महासंघ नेपालको समन्वयमा हुने सो कार्यक्रममा पर्यटन क्षेत्रमा लगानीको सम्भावना, ड्राइभ टुरिजम, एन्ड टुरिजम, पर्यटन सेफ्टी तथा क्रस बोर्डर कनेक्टिभिटी जस्ता विषयमा सम्बन्धित विज्ञहरूको १६ वटा पेपर प्रस्तुत गरिनेछ ।

Global Ime bank

कार्यशालामा चिनियाँ सरकारी तथा व्यावसायिक क्षेत्रको प्रस्तुति रहनेछ भने नेपालको केन्द्र सरकार तथा प्रदेश सरकारका उच्चअधिकारीहरू, सांसदहरू, पर्यटन क्षेत्रका विज्ञ तथा व्यावसायीहरू, सडक तथा यातायात विज्ञहरू, चीन, भारत, संयुक्त अधिराज्य लगायत देशका विज्ञहरू तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता हुनेछ ।

 कार्यशालामा पूर्वमन्त्री तथा सांसद हरिबोल गजुरेल, राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फँुयाल, नगरपालिका संघका अध्यक्ष अशोककुमार बेञ्जु, नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपककुमार जोशी, बेलायतका पूर्वमन्त्री पउल क्लार्क, चिनियाँ दूतावास नेपालका चान्सलर जाङ फान, सियुफा ग्रुप चाइनाका कार्यकारी प्रमुख लिउ यु लगायतका व्यक्तित्वको उपस्थिति तथा प्रस्तुति रहने छ ।

कार्यक्रमको समापन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन योगेश भट्टराईले गर्नेछन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २६, २०७६  १८:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC