site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
गण्डकी सरकारद्वारा तीन संस्थालाई ३० लाख अनुदान
Sarbottam CementSarbottam Cement

पोखरा । गण्डकी प्रदेश सरकारले हालै तीनवटा संस्थाहरुलाई ३० लाख रुपैयाँ अनुदान दिएको छ । सामाजिक विकास मन्त्रालयको प्रस्तावमा गएको मंसिर १९ गतेको मन्त्रिपरिषदले उक्त अनुदान दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको निर्णयानुसार नेपाल इतिहास संघ, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान र मुख्यमन्त्री कप प्रतियोगिता सञ्चालन गर्ने भन्दै अनुदान दिने निर्णय गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

लोकदोहोरी गीत प्रतिष्ठानको सातौँ अधिवेशन यही मंसिर ६ देखि ८ गतेसम्म पोखरामा चलेको थियो । उक्त अधिवेशनको लागि सरकारले पाँच लाख रुपैयाँ अनुदान दिने भएको छ ।

यस्तै लमजुङको घलेगाउँमा नेपाल इतिहास संघको राष्ट्रिय गोष्ठी मंसिर २० देखि २३ सम्म चलेको थियो । यो गोष्ठीलाई पनि सरकारले पाँच लाख रुपैयाँ अनुदान दिने भएको छ ।
मुख्यमन्त्री कप खेलकुद प्रतियोगिता सञ्चालन गर्नको लागि सरकारले २० लाख रुपैयाँ अनुदान दिने निर्णय गरेको छ ।
 
सामाजिक विकासमन्त्री नरदेवी पुनमगरले अनुदान दिने निर्णय भएको जानकारी दिइन् । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २६, २०७६  १८:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC