site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पत्रकार महासंघको १५ लाखको कल्याणकारी अक्षयकोष
Sarbottam CementSarbottam Cement

चितवन । नेपाल पत्रकार महासङ्घ चितवन शाखाले रु १५ लाख बराबरको पत्रकार कल्याणकारी अक्षयकोष स्थापना गर्ने भएको छ ।

जात्रैजात्रा फिल्मको च्यारिटी शोको टिकट बिक्री र दाताको सहयोगमा रु १० लाख सङ्कलन गरिएको र थप रकम जुटाएर रु १५ लाखको अक्षयकोष खडा गरिने शाखाका अध्यक्ष
राधेश्याम खतिवडाले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

सो रकमलाई मूल धन खर्च नगर्ने गरी बैंकमा जम्मा गरिनेछ । त्यसबाट प्राप्त ब्याजलाई पत्रकार आपत्, विपद् र दुःखमा पर्दा सहयोग गरिने उनले जानकारी दिए । दुःखमा परेका
पत्रकारलाई संस्थागत अभिभावकत्व महसुस गराउन र दुःख, बिमार हुँदा सार्वजनिक रुपमा सहयोग जुटाउँदै हिँड्नुपर्ने बाध्यता अन्त्यका लागि महासङ्घले यो कोष खडा गरेको खतिवडाले
बताए । 

उनका अनुसार कोषलाई व्यवस्थित रुपमा सञ्चालनका लागि पत्रकार कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि तयार गरिने र सोही कार्यविधिअनुसार पत्रकार महासङ्घले
आगामी दिनमा सहयोग गर्नेछ । 

Global Ime bank

शाखामा २३७ सदस्य छन् । स्थानीय सञ्चारमाध्यम बढ्दै गएको र राजधानीबाट सञ्चालन हुने ठूला सञ्चार गृहहरुको कार्यालय तथा संवाददाता यस जिल्लामा भएकाले पत्रकारका
सङ्ख्या बढ्दै गएको छ । जिल्लामा २१ एफएम रेडियो, ६ दैनिक, १३ साप्ताहिक पत्रिका, चार टेलिभिजन, ११ वटा अनलाइन सञ्चालनमा रहेका छन् । - रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २६, २०७६  १९:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC