देश
काठमाडौं । सिन्धुपाल्चोक केन्द्र बनाएर ४ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको छ ।
बिहीबार साँझ ७ बजेर ११ मिनेटमा सिन्धुपाल्चोकको सेर्माथाङ केन्द्र बनाउर उक्त भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
उक्त भूकम्पको धक्का काठमाडौंमा समेत महसुस गरिएको थियो ।
अहिलेसम्म उक्त भूकम्पबाट कुनै क्षतिको विवरण प्राप्त भएको छैन ।
विस २०७२ मा गएको महाभूकम्पपछि पराकम्पन आउने क्रम जारी छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर २६, २०७६ १९:१६
प्रतिक्रिया दिनुहोस्